दुहवी ः अनियमितता भएको भन्दै स्थानीयबासीले दुहबी – ६ नम्बर वडा कार्यालय घेराउ गरेका छन् ।बाढीपीडितको नाममा आएको रकम आफ्ना कार्यकर्ता र आसेपासेलाई बाँडेको भन्दै दुहवी ६ का स्थानीयबासी आन्दोलित भएका हुन् । आजको उद्घोष दैनिकमा यो समाचार छापिएको छ ।
स्थानियबासीले बाढीपीडितका नाममा आएको रकम चलखेल भएको भन्दै शुक्रबार ६ नम्बर वडा कार्यालय घेराउ गरेका थिए । सो क्रममा उनीहरुले बाढीपीडितका लागि आएको राहत रकम जनप्रतिनिधिले आफ्ना कार्यकर्ता र आफन्तलाई नक्कली बाढीपीडित बनाई खडा गरेर बाँडेको भन्दै दुहवी नगरपालिकामा समेत प्रदर्शन गरेका थिए ।
स्थानियबासी कुन्दन पासवानले भने – वास्तविक बाढीपीडित राहत नपाइरहेको बेला वडा नम्बर ६ मा घरै नभएकाले समेत वडा अध्यक्षको सिफारिसका आधारमा राहत पाइरहेका छन् ।