प्रधानन्यायाधीशनिवास बालुवाटारबाट बिदा भए जोशी

प्रधानन्यायाधीशनिवास बालुवाटारबाट बिदा भए जोशी

काठमाडौं ः सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले बिहीबार साँझबाट बालुवाटार छाडेका छन् । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि २० साउनदेखि बिदामा छन् । आजको नयाँ पत्रिकामा समाचार छ ।

५ चैतदेखि प्रधानन्यायाधीशनिवास बालुवाटार बस्न थालेका जोशी बिहीबार धुम्बाराही स्थित आफ्नै निवास सरेका हुन् । १ चैतमा तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीको बहिर्गमनपछि कामु प्रधानन्यायाधीशको हैसियतमा जोशी बालुवाटार सरेका थिए ।

१८ साउनमा संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशमा जोशीको नाम अस्वीकृत गरेपछि २० साउनदेखि घर बिदामा बसेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.