विराटनगर,भदौ १६
विराटनगरको रामपुरमा एक ब्यक्तिको शव भेटिएको छ । विराटनगरका ६ का ४० बर्षिया रामचन्द्र पासवानको शव नालामा डुवेको अवस्थामा भेटिएको हो । पासवान ३ दिन अगाडीदेखि घरबाट वेपत्ता भएका थिए ।
परिवारले उनको खोजी गर्दै जादाँ आज विहान ८ बजे फेला पारेको मोरङ प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी निसान थापाका अनुसार पासवान विगत ३ दिनदेखि वेपत्ता थिए । भदौ १४ गते बेलुकादेखि अत्याधिक मादकपदार्थ सेवन गरेर घरबाट निस्किएका पासवान सोहीदिन देखि वेपत्ता थिए ।
पासवान ठेला चलाएर परिवार चलाउदै आएका थिए । लगातार ३ दिनदेखि उनको खोजी गर्ने क्रममा परिवारले आफै भेटेका हुन् । उनको शव नालामा डुवेको अवस्थामा भेटिएको थियो । मृतकको शव पोष्टमार्टमका लागि कोशी अंचल अस्पताल पठाइएको छ । पासवानका श्रीमती दुई छोरा र दुई छोरी रहेका छन् । उनको अत्याधिक मादकपदार्थ सेवन गरेका कारण मृत्यू भएको हुन सक्ने आशंका गरिएको छ ।