आर्मीलाई हराउँदै जावलाखेल विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश

आर्मीलाई हराउँदै जावलाखेल विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश

११ चैत, विराटनगर ।
विभागीय टिम त्रिभुवन आर्मीलाई ’सडनडेथ’ मा हराउँदै जावलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा आर्मीलाई सडनडेथमा ६–५ गोल अन्तरले पन्छाउँदै जावलाखेल अन्तिम चारमा स्थान सुरक्षित गर्न सफल भएको हो।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिमले गोलरहित बराबरी खेलेपछि नतिजाको छिनोफानो सडनडेथबाट भएको हो। रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाइब्रेकरमा दुवै टोलीले ५–५ गोल गरेका थिए। त्यसपछि खेल सडनडेथमा पुग्यो।

सडनडेथमा जावलाखेलको तर्फबाट सिमान्त थापा, विदेशी खेलाडी फोडे फोफोना, जाहुल, छिरिङ, समिराज थोकर र विशाल तामाङले गोल गरेका थिए।आर्मीका लागि टंक बस्नेत, टेक बहादुर बुढाथोकी, कप्तान जिलेस्पीजंग कार्की, सन्तोष केसी र गोलकिपर विकेस कुथुले गोल गरेका थिए भने सेसेहाङ्ग आङदेम्बेको प्रहार बाहिँरिदा आर्मी घर फर्किन बाध्य भयो।

जितसँगै जावलाखेलले घरेलु टिम विराटनगर सिटीसँग चैत १३ गते पहिलो सेमिफाइनल खेल खेल्नेछ।शनिबारको तेस्रो क्वार्टरफाइनल खेल साविक विजेता सशस्त्र प्रहरी र पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबबीच हुनेछ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.