१३ चैत, विराटनगर । नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाइ–नेपालले विराटनगरमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।
इन्टरनेट सेवा प्रदायकले आफ्नो सेवालाई थप क्षेत्रहरुमा विस्तार गर्ने उद्देश्यका साथ विराटनगरमा सोमबारबाट आफ्नो सेवा विस्तार गरेको हो ।
काठमाडौँ र पोखरा हुँदै सुनसरीको इटहरी र धरानमा सफलता पूर्वक सेवा प्रदान गर्दै आइरहेको कम्पनीका कार्यकारी अधिकृत सत्रुधन पञ्जियारले बताएका छन् ।पूर्वका थप शहरहरुमा समेत सेवा विस्तार गर्ने योजना रहेको उनले बताए । छिटो, सस्तो तथा भरपर्दो फाइबर इन्टरनेट सेवा प्रदान गरिँदै आएको कम्पनीको दाबी छ ।
घरायसी तथा व्यापारिक ग्राहकका आवश्यकतालाई मध्यनजर गर्दै थुप्रै अफर तथा इन्टरनेटका प्याकेजहरु ल्याइएको वाइफाई नेपालले जनाएको छ ।अहिले ५० एमबीपीएस स्पिडमा इन्टरनेट शुल्क प्रतिमहिना ३३३ रुपैयाँ तथा ८० एमबीपीएस स्पिडमा ५ सय रुपैयाँ लाग्ने वाइफाइ नेपालका कार्यकारी अधिकृत पजिंयारले बताए ।
सबै नेपालीलाई सहुलियतपूर्ण इन्टरनेटको पहुँचमा पु¥याउने उद्देश्यसहित वाइफाइ–नेपालले देशकै सबैभन्दा सस्तो इन्टरनेट प्याकेज ल्याएको कम्पनीले जनाएको छ।वार्षिक प्याकेज लिने ग्राहकले चार हजार रुपैयाँमा ३० एमबीपीएस र पाँच हजार रुपैयाँमा ५० एमबीपीएस गतिको इन्टरनेट पाउनेछन्।
कम्पनीका अनुसार कुनैपनि प्याकेजका लागि ग्राहकले वाइफाइ नेपाल डट कम डट एनपी वेबसाइटमा गएर इन्टरनेट जडानका लागि बुकिङ गराउन सक्नेछन्।कम्पनीको विराटनगर– ९ महेन्द्र चोक, पुष्म मार्गमा शाखा कार्यालय समेत आज उद्घाटन गरिएको छ ।