केकेआरको पहिलो जित, आरसिबीको लज्जास्पद हार

केकेआरको पहिलो जित, आरसिबीको लज्जास्पद हार

२४ चैत ,एजेन्सी ।
भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्स (केकेआर) ले पहिलो जित निकालेको छ । पहिलो जित निकाल्नेक्रममा केकेआरले गएराति सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) लाई ८१ रनले हरायो ।

पहिलो खेलमा ऊ पञ्जाब किंग्ससँग ७ रनले पराजित भएको थियो । पहिलो खेलमा मुम्बई इण्डियन्सविरुद्ध ८ विकेटको जित निकालेको बैंग्लोरले दोस्रो म्याचमा भने खराब प्रदर्शन ग¥यो । कोलकाताले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको बैंग्लोर १७.४ ओभरमा १२३ रनमै अलआउट भयो ।

उसका लागि कप्तान फाफ डु प्लेसिसले २३, विराट कोहलीले २१, डेविड विलीले अविजित २०, माइकल ब्रेसवेलले १९ र आकाश दीपले १७ रन बनाए । । बैंग्लोरलाई सस्तैमा समेट्नेक्रममा कोलकाताका वरुण चक्रवर्तीले ३.४ ओभरमा १५ रन मात्र खर्चदै ४ विकेट लिए ।

त्यस्तै, सुयश शर्माले ३ विकेट हात पारे । सुनिल नारायणले २ ब्याटरलाई आउट गरे । त्यसअघि इडेन गार्डेन मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ४ रन बनायो । उसका लागि शार्दुल ठाकुर, रहमानउल्लाह गुर्बाज र रिंकु सिंहले उत्कृष्ट पारी खेले ।

ठाकुरले ५८ रन बनाए । उनले २० बलमै अर्धशतक बनाएका थिए । त्यस्तै, गुर्बाजले ४६ रनको इनिङ खेले । रिंकुले ४६ रनको योगदान दिए । बैंग्लोरका लागि डेविड विली, कर्ण शर्मा, हर्षल पटेल, मोहम्मद सिराज, माकइल ब्रेसवेलले एक÷एक विकेट लिए । यो जितसँगै कोलकाता २ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ ।

२ अंक नै जोडेको बैंग्लोर सातौँ स्थानमा खस्किएको छ । आइपिएलमा आज लखनउ सुपर जेन्ट्स भर्सेस सनराइज हैदारावाद बीच खेल हुनेछ । लखनउ अन्तिम खेलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो भने हैदराबाद राजस्थान रोयल्ससँग पराजित भएको थियो।

यी दुई टोलीबीचको हेड टु हेडको तथ्याङ्कलाई हेर्ने हो भने दुई टोलीबीच अहिलेसम्म एउटा मात्र खेल भएको छ । लखनउको टोलीले गत वर्ष मात्रै आईपीएलमा डेब्यु गरेको हो । यो एक खेलमा लखनउ विजयी भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.