अमेरिकी बैंकमा इन्स्टाग्रामबाट लाइभ गर्दै गोलीकाण्ड , ५ जनाको मृत्यु

अमेरिकी बैंकमा इन्स्टाग्रामबाट लाइभ गर्दै गोलीकाण्ड , ५ जनाको मृत्यु

२८ चैत, एजेन्सी ।
सामाजिक सञ्जाल इन्स्टाग्रामबाट लाइभ गर्दै बैंकका कर्मचारीले अमेरिकामा गोली चलाएका छन्। गोली लागेर ५ जनाको मृत्यु भएको छ। गोली लागेर ३ प्रहरीसहित ९ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ। यो घटना अमेरिकाको केन्टकी शहरको हो।

उक्त शहरमा रहेको ओल्ड नेशनल बैंकका २३ वर्षीय एक कर्मचारीले गोली चलाएका हुन्। बैंकभित्र गोली चलाएको ती कर्मचारीले इन्स्टाग्रामबाट प्रत्यक्षप्रसारण गरेका थिए। ती कर्मचारीले चलाएको गोली लागेर ४ सर्वसाधारण र प्रहरीले चलाएको गोली लागेर ती कर्मचारीको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ।

मृत्यु हुनेहरूमा ६३ वर्षीय थोमस इलियट, ६४ वर्षीय जेम्स टट, ४० वर्षीय जोशुआ ब्यारिक, ४५ वर्षीय जुलियाना फार्मर र ५७ वर्षीय डिना एकर्ट छन्। अमेरिकाको केन्टकी राज्यको लुइसभिलमा रहेको पुरानो राष्ट्रिय बैंकमा कर्मचारीले किन गोली चलाए भन्ने खुलिसकेको छैन् ।

यद्यपि ती कर्मचारीलाई कामबाट हटाउने जानकारी गराइएको स्रोतलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ । कोनर स्टर्जन नामक ती हमलाकारीले गोली चलाउन थालेको जानकारीपछि तीन मिनटमा त्यहाँ पुगेको प्रहरीले उनीमाथि जवाफी कारबाही गरेको थियो ।

गोलीबारीमा प्रयोग गरिएको बन्दुक एआर १५ शैलीको राइफल थियो । २०२१ को अमेरिकी राष्ट्रिय बन्दुक सर्वेक्षणअनुसार अर्धस्वचालित यो राइफल दुई करोड ४६ लाखभन्दा बढी अमेरिकीहरुसँग छ । अमेरिकामा यस वर्ष सन् २०२३ मा एकैपटक कम्तिमा चारजनाको ज्यान जाने गरी भएका ‘मास सुटिङ’को संख्या १४५ नाघेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.