२८ चैत ,काठमाण्डौ ।
सशस्त्र प्रहरी बलको आधिकारिक फेसबुक पेज ह्याक भएको छ । मंगलबार बिहान आर्म्ड पोलिस फोर्स, नेपाल पेजबाट अनधिकृत स्टाटस पोस्ट भएको छ । मंगलबार बिहानदेखि पेजमा समस्या आइरहेको सशस्त्र प्रहरी बलका प्रवक्ता एसपी राजेन्द्र खड्काले बताएका छन् ।
भियतनामी भाषामा रहेको स्टाटसमा ’जो गत शरदमा फर्किए’ लेखिएको छ । खड्काले भने, ’उक्त स्टाटस हाम्रोबाट पोस्ट भएको होइन । ‘बिहान कोही अनाधिकृत व्यक्ति प्रवेश गरेर फेसबुकमा केही पोस्ट गरेको छ,’ उनले भने, ‘कसले कहाँबाट पोस्ट ग¥यो अनुसन्धान हुँदैछ । हाम्रो प्राविधिकहरूले त्यसबारे अनुसन्धान सुरु गरिसकेका छन्।’
नेपालका सरकारी कार्यालयहरूमा वेबसाइट र सामाजिक सञ्जालहरू पटक–पटक साइबर आक्रमणमा पर्ने गरेका छन् । माघ १५ मा विभिन्न सरकारी वेभसाइटहरु ५ घण्टा अवरुद्ध भएका थिए । यसअघि चैत २ गते प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डल ह्याक भएको थियो ।
नेपालमा राष्ट्रपतिको कार्यालयको वेबसाइटसमेत ह्याक भएको थियो । केही समय अघि नेपाली सेनाको साइबर स्पेसमा पनि हमला भएको थियो । नेपाल प्रहरीको साइबल ब्युरोको टोलीले सेनाको साइबर स्पेसमा हमला गर्नेलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
नेपाली सेनाले आन्तरिक सर्भरमा आक्रमणको सूचना आएपछि ब्युरोको टोलीले यसबारे अनुसन्धान सुरु गरेको थियो । ब्युरोले सेनाको स्पेसमा हमला गर्ने २१ वर्षका सागर ढकाललाई चैत २४ गते पोखराबाट पक्राउ गरेको थियो ।