२९ चैत, विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर – ३ कञ्चनबारीस्थित आर्या न्यूरो हस्पिटलमा पहिलो पटक जटिल मानिने ‘पाईका एन्युरीज्म क्लिपिङ’ को सफल शल्यक्रिया भएको छ ।
मुटुमा आरएचडी रियूम्याटिक हर्ट डिजिटको कारणले मस्तिष्क भित्र हुने पाईका एन्युरीज्म क्लिपिङको आर्या न्यूरो हस्पिटलमा पहिलो पटक सफल शल्यक्रिया भएको हो ।
झापाको हल्दीबारीकी ३३ वर्षीया मन्जु कटुवालको मस्तिष्कको पछाडि भागमा रहेको पाईका एन्युरीज्म क्लिपिङको सफल शल्यक्रिया भएको अस्पतालका निर्देशक दिनेश ठाकुरले जानकारी दिए । तीन हप्ता अगाडी टाउँको दुखेपछि कटुवाल झापाका विभिन्न अस्पताल पुगेकी थिइन । तर ती अस्पतालले नै आफुले उपचार गर्न नसक्ने भन्दै विराटनगर जान सुझाएका थिए ।
चिकित्सकको सल्लाह अनुशार नै आर्या न्यूरो हस्पिटलमा पुगेकी कटुवालको हस्पिटलका वरिष्ठ न्यूरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज नेपालले स्वास्थ्य परीक्षणमा ‘एमआरआइ गरेपछि ‘पाईका एन्युरीज्म’ भएको पत्ता लगाएका थिए । त्यसपछि चिकित्सकले सल्लाह अनुशार डा. नेपालको नेतृत्वको टिमले कटुवालको मतिस्तक भित्र भएको ‘पाईका एन्युरीज्म क्लिपिङ’ को सफल शल्यक्रिया गरेको हो ।
‘टाउँको रगत जमेको थियो । त्यसलाई मेडिकल भाषामा पाईका एन्युरीज्म भन्ने गरिन्छ । डा नेपालले भने, रगतको नशामा फुकुन्डो हुन्छ । त्यो फुटो भने हेमोरेज हुन्छ । यो जटिल ठाउँमा हुने गरेकोले हामीले चार घण्टा लगाएर सफल शल्यक्रिया गरिम,’ उपचारमा संलग्न डा. नेपालले भने, ‘यसको उपचार समयमै गरेन भने विरामीलाई बचाउन गाह्रो हुन्छ । त्यसैले विरामीको समयमै उपचार गनुपर्ने हुन्छ ।’ पाईका एन्युरीज्म क्लिपिङ’ को अहिलेसम्म दोस्रो पटक शल्यक्रिया गरिएको डा. नेपालले सुनाए । ‘यो सँगै मैले ‘पाईका एन्युरीज्म क्लिपिङ’ को दोस्रो पटक शल्यक्रिया गरे,’ उनले भने, ‘यसअघि बी एण्डसीमा गरेको थिए । आर्या न्यूरोमा पहिलो केस हो ।’
२० दिन राखेर सफल उपचार भएपछि सोमबार पूर्णस्वास्थ्य लाभ गरी कटुवाल डिस्चार्ज भएकी छन् । आफ्नी दिदीको सफल उपचार भएपछि विरामीकी बैनी मुना भण्डारी दाहालले उपचारमा खट्ने चिकित्सक र हस्पिटलकै कारण दिदीले नयाँ जीवन पाएको भन्दै धन्यवाद व्यक्त गरेकी छन् ।