कांग्रेसबाट मन्त्री बन्ने थप ४ नेता को–को हुन् ?

कांग्रेसबाट मन्त्री बन्ने थप ४ नेता को–को हुन् ?

३० चैत, काठमाण्डौ ।
नेपाली काँग्रेसमा संस्थापन र इतर समूहबीच मन्त्रीको भागबण्डालाई लिएर चुलिएको विवाद साम्य भएको छ । डा. शेखर कोइराला समूहले तीन मन्त्री र एक राज्यमन्त्री पाउने भएपछि यो विवाद हल भएको हो । सो समूहको आज बिहान बसेको बैठकमा नेता कोइरालाले यस्तो जानकारी गराएका थिए ।

तर उपनिर्वाचनअघि सरकार विस्तारमा जोड दिन नहुने बताउँदै त्यसपछि मात्रै सरकारमा सहभागी हुनुपर्ने बताएका थिए । “हामीले तीन मन्त्री र एक राज्यमन्त्री पाउनेछौँ,” समूहका नेताहरुलाई कोइरालाले ब्रिफिङ गर्दै भनेका थिए, “तर हामी उपनिर्वाचनपछिमात्रै सरकारमा सहभागी हुनुपर्छ ।

” सो समूहमा धनराज गुरुङ, डिगबहादुर लिम्बु, जीवन परियार र बद्री पाण्डेमध्येका तीनजना मन्त्री बन्ने सम्भावना रहेको छ । एक राज्यमन्त्रीमा कसलाई पठाउने भन्ने निर्णय बाँकी रहेको छ । इतर समूहको आजको वैठकमा १४ औं महाधिवेशनमा कोइराला पक्षबाट निर्वाचित पदाधिकारीहरू लगायत केही नेता र सांसदहरू बैठकमा सहभागी थिए ।

बैठकमा महामन्त्री गगन थापा भएका छन् । त्यसैगरी कांग्रेस सभापति देउवाले पनि निवासमा आफू निकटका नेताहरुसँग छलफल गरेका छन् । सो समूहबाट एनपी साउद र मोहन बस्नेत मन्त्री बनाउने तयारी छ ।

त्यस्तै सुरेन्द्र आचार्यको पनि सम्भावना रहेको छ । कांग्रेसले ८ मन्त्रालय पाएकोमा यसअघि ४ मन्त्री मात्रै सरकारमा पठाएको थियो । कांग्रेस, जसपा र जनमतले मन्त्री नपठाउँदा अझै ६ मन्त्रालय प्रधानमन्त्री दाहालले सम्हाल्दै आएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.