२ करोड अडिओको ढाकाले क्लिन चिट लिएर आउने

२ करोड अडिओको ढाकाले क्लिन चिट लिएर आउने

३० चैत , काठमाण्डौ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले चुनावको मुखमा उक्त अडिओ सार्वजनिक हुनु पार्टीविरूद्धको षड्यन्त्र भएको बताएका छन्। बुधबार साँझ उनका बारेमा निर्णय गर्न रास्वपा केन्द्रीय समितिको बैठक बसिरहेका बेला रास्वपा मुख्यालयमा श्रेष्ठले पत्रकार सम्मेलन गरेका हुन्।

‘जनवरीमा कुराकानी भएको अडिओ अहिले ल्याएर हाल्नु सुनियोजित हो, यो हाम्रो पार्टीलाई चारैतिरबाट प्रहार गर्न खोजेको हो। तीन वटै निर्वाचन क्षेत्रमा हराउन खोजेको हो,’ उनले भने,‘यो एउटा सुनियोजित योजना हो।’ उनले यो विषयमा आफू अदालत गइसकेको र छिट्टै क्लिनचिट ल्याएर आउने दाबी गरे।

उक्त अडिओ आफ्नो नभएको र एडिट गरेर बनाइएको पनि उनको दाबी छ। पत्रकारले सोधेका प्रश्नको भने श्रेष्ठले जवाफ दिएनन्। ‘अहिले मैले बोलेको (कुरालाई) अर्को बनाएर पनि बाहिर ल्याउन सकिन्छ। ह्वाट्स् एपमा कुरा गरिएको भनिएको छ। मेरा कुराहरु कहाँ–कहाँ जोडेर मिडियामा आएको छ’, उनले भनेका छन् ।

उनलाई पार्टीले भने निलम्बित गरेको छ। उनले निलम्बनको प्रक्रियालाई स्वागत गरेको बताएका छन् । सांसद ढाकाकुमार श्रेष्ठको मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग मन्त्री बन्नका लागि बुझाउनुपर्ने भन्दै पैसा मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । सार्वजनिक अडियोमा पैसा रविको कोर टिमलाई बुझाउनुपर्ने र मन्त्री सुनिश्चित हुने भनिएको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसंग २ करोड घुस मागेको अडियोपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठको अर्को अडिओ कुराकानी पनि सार्वजनिक भएको छ । आइतबार उनले प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएको थियो ।

लगत्तै भोलिपल्ट सोमबार उनले सोही प्रसंगमा कुराकानी गरेको अर्काे भिडिओ टेप सार्वजनिक भएको हो । जसमा ढाकाकुमारले दुर्गा प्रसाईंको समूहमा रहेका यदु गौतमलाई फोन गरी आफूलाई बचाइदिन अनुरोध गरेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.