३ वैशाख ,एजेन्सी ।
फ्रान्सेली फरवार्ड केयलिन एमबापे पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि सर्वाधिक गोल गर्ने खेलाडी भएका छन् । उनको कीर्तिमानी गोलको मद्दतले पीएसजीले फ्रान्सेली लिग वानमा दश खेलाडीमा सीमित लेन्सलाई ३–१ ले हरायो । यो जितले पीएसजी शीर्ष स्थानमा ९ अंकले अगाडि रह्यो ।
शनिबार भएको खेलमा एमबापेले ३१ औं मिनेटमा गोलको खाता खोले र यो उनको १ सय ६९ लिग खेलमा १ सय ३९ औं गोल हो । यस क्रममा उनले एडिसन कभानीलाई उछिनेका हुन् । पिएसजीको जितमा एमबाप्पेसँगै लियोनेल मेसी र भिटिन्हाले गोल गरे ।
लेन्सका प्रजेमिस्लाव फ्रान्कोस्कीले एक गोल फर्काए । पार्क डेस प्रिन्सेसमा भएको खेलमा लिगका शीर्ष दुईबीचको महत्वपूर्ण खेलमा मिडफिल्डर सालिस अब्दुल समेद १९औ मिनेटमा नै सिधैं रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेन्स १० खेलाडीमा समेटिन पुगेको थियो ।
त्यसको फाइदा पिएसजीले उठाउन सफल भयो । यस जितसंगै पीएसजीको ३१ खेलबाट ७२ अंक भएको छ भने दोस्रो स्थानमा रहेको लेन्स समान खेलबाट ६३ अंकमै रह्यो । पिएसजीले शीर्षस्थानमा ९ अंकको स्पष्ट अग्रता बनाएको छ ।