४ वैशाख , एजेन्सी ।
इरानमा महिलाले हिजाब लगाउनुपर्ने कानुनको सम्मान नगरेको भन्दै इरानी प्रहरीले आइतबार २४ घण्टामा १५० भन्दा बढी व्यवसाय बन्द गरेको जनाएको छ । प्रहरीले अब निगरानी क्यामेरा र अनुहार चिन्ने प्रविधिको प्रयोग गरेर कानुन उल्लंघन गर्ने महिलाहरूलाई नयाँ निगरानी योजना लागू गरेको बताएको एक दिनपछि बन्दको घोषणा गरिएको थियो ।
सन् १९७९ को इस्लामी क्रान्तिको केही समयपछि नै महिलाहरूले सार्वजनिक स्थलमा हिजाब लगाउनुपर्ने प्रावधानलाई कानुनमा समावेश गरिएको थियो । गत वर्ष २२ वर्षीया महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको विरोध प्रदर्शनपछि संहिता उल्लंघन गर्ने महिलाको सङ्ख्या बढेपछि उक्त कारबाही गरिएको हो ।
गत हप्ता प्रहरी प्रमुख अहमद–रेजा रदानले स्कार्फ फुकाल्नेको ‘स्मार्ट उपकरण’ प्रयोग गरेर पहिचान गरिने बताएका थिए । प्रहरीले कुनै महिला यात्रीले कोड तोडेमा कार मालिकहरूले टेक्स्ट म्यासेज प्राप्त गर्नेछन्, र उनीहरूले बारम्बार अपराध गरेमा उनीहरूको वाहन जफत गर्ने जोखिम छ । गत महिना न्यायपालिकाका प्रमुख घोलमहोसेन मोहसेनी एजेईले हिजाब नलगाउने महिलालाई ‘दण्डित गरिने’ बताएका थिए ।