विराटनगर ः झापा, मोरङ उदयपुर र संखुवासभामा दुई दिनयता पानीमा डुबेर ५ जनाको मृत्यु भएको छ ।
उदयपुरको कटारी नगरपालिका –२ स्थित तावा खोलामा डुबेर १ बालकको ज्यान गएको छ ।मृत्यु हुनेमा कटारी –२ विनोद कुँबरका डेढ बर्षिय छोरा ऋषि कुँबर रहेका छन् । घर नजिकै खेल्ने क्रममा खोलामा डुबेका बालकको उपचारका लागि लाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।्
त्यस्तै झापाको झापा गाउँपालिका – ३ स्थित उराव टोलका अन्दाजी २ वर्षिय श्याम हस्दाको आइतबार घर नजिकै जमेको दहमा डुबेर मृत्यु भएको छ । उनको उपचारका क्रममा बिएण्सी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
यसैगरी मोरङको कानेपोखरी– ५ स्थित चिसाङ खोलाको पैनीमा डुबेर ६ बर्षिय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय श्याम दर्जीका छोरा रेशम दर्जी छन् ।
यसैगरी मोरङको कानेपोखरी गाउँपालिका ३ का विशाल राईको २ वर्षीय छोरा अभि राईको घर नजिकै रहेको माछा पोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
यसैगरी संखुवासभाको पााचखपन नगरपालिका –२ टाइगरचोकका प्रेम खालिङको १० बर्षिय छोरा आयुश राइको स्थानीय कुशुवा खोलामा डुबेर मृत्यु भएको छ । खोलामा नुहाउने क्रममा बेपत्ता भएका बालकको शव आइतबार साँझ फेला पारेको जिल्ला प्रहरीचौकी वानाले जनाएको छ । यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।