१२ वैशाख, काठमाण्डौ ।
चितवन २ को उपनिर्वाचनमा शानदार जित हासिल गरेका रवि लामिछानेले अबको ५ वर्षपछि आफ्नै दलको नेतृत्वमा बहुमतको सरकार बनाउने बताएका छन् । चुनावी सभालाई चितवनमा सम्बोधन गर्दै रविले ५ वर्षपछि आफ्नै दलको नेतृतवमा बहुमतको सरकार बनाउने बताएका हुन् ।
‘हामी नगारिकका समस्यालाई समाधान गर्न चाहन्छौं । तपाईंहरूको सुन्दर भविष्य कोर्न काम गर्न चाहन्छौं’ रविले भनेका छन्, ‘५ वर्षमा आफ्नै नेतृत्वमा सरकार बनाउन सक्ने ठूलो रास्वपालाई ठूलो पार्टी बनाउनेछौं । अब घण्टी, वडा वडा पािलका पालिकाका पुग्दैछ । तयार हुनुहोला ।’
आफूहरूबाट नागरिकले सबैभन्दा बढी सुशासन खोजेको भन्दै भ्रष्टाचारीलाई नंग्याउने उनले बताए । नागरिकले दिएको सम्मानपूर्वक मतको सम्मान गर्ने उनले बताए । चितवन २ बाट दोस्रोपटक पनि शानदार मतले जितेपछि लामिछानेले आफूलाई सबैको प्यारो नेता हुने इच्छा भएको बताएका छन् ।
रविले आफूलाई मत दिने र नदिने सबैको प्रिय नेता बन्ने इच्छा भएको बताएका हुन् । ‘दुःखमा म रोइन तर चितवनबासी रोइदिनुभयो । यो हाम्रो लागि सौभाग्यको कुरा हो । हामीले मान्यौं खुट्टा टेक्यौं । अर्को सर्वाधिक मतान्तरले विजयी भएका छौं । जुनसुकै उम्मेदवारलाई भोट हाल्नुभएको भए पनि म सबैको हुन चाहन्छु’ रविले भने, ‘मलाई भोट हाल्ने मात्रै होइन सबैको नेता हुन चाहन्छु ।
सबैको प्यारो नेता हुन मन छ, सबैको मनभित्र बस्न मन छ ।’ चितवनलाई उन्नत शहर बनाउने उनले बताए । अहिले पनि आफ्नो प्राथमिकता इच्छाकामना गाउँपालिका भएको उनले बताएका छन् । ‘चेपाङ बालबालिका शिक्षाको अवसरबाट बञ्चित छन् । बत्ति छैन, पानी आउँदैन’ उनले भनेका छन्, ‘यसैले कहाँ कति भोट आयो भन्ने हिसाब गर्ने छैनौं ।
आवश्यकताको आधारमा विकासको एजेण्डा तय गर्छौ । सबैको घरघरमा पुग्न नसके पनि हामीले बनाएको नीति घरघरमा पुर्याउनेछौं ।’ आफ्नो दुष्मन प्रतिस्पर्धी दल नभएको भन्दै भ्रष्टाचार र पछौटेपन भएको रविले बताएका छन् । नयाँ दलकारुपमा सच्चिने र सिक्दै जाने उनले बताए । निर्वाचनका क्रममा शुभेच्छुकहरुले अश्लील गाली गरेकोमा उनले माफी पनि मागेका छन् ।