१५ वैशाख, एजेन्सी ।
पोर्नस्टारसँगको अफेयरपछि अदालतमा मुद्धा खेपिरहेका अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि मि टूको आरोप लागेको छ । ट्रम्पविरुद्धको अदालतमा सुनुवाइका क्रममा अमेरिकी पत्रकार, लेखक र स्तम्भकार जीन क्यारोलले देशका पूर्व राष्ट्रपतिले आफूलाई लक्जरी डिपार्टमेन्ट स्टोरमा बलात्कार गरेको आरोप लगाएकी छन् ।
“म यहाँ छु किनभने डोनाल्ड ट्रम्पले मलाई बलात्कार गरे, र जब मैले यसको बारेमा लेखे, उनले यसलाई अस्वीकार गरे,“ क्यारोलले न्यायाधीशहरूलाई भनेकी छन् । तिनीहरूले झूट बोले र मेरो प्रतिष्ठा बर्बाद गरे। म यहाँ मुद्दा लड्न र आफ्नो प्रतिष्ठा र जीवन फिर्ता लिन आएको हुँ।
क्यारोलले सन् १९९६ मा आफूमाथि भएको कथित बलात्कारबारे अदालतमा बयान दिंदा ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ’ट्रुथ सोसल’ मा उक्त कुरालाई “नक्कली र झुटो कथा“ भनेका थिए। ट्रम्पको यी टिप्पणीलाई ध्यानमा राख्दै न्यायाधीशले आफ्ना वकिललाई यस्तो गर्नाले पूर्व राष्ट्रपतिको कानुनी समस्या बढ्न सक्ने चेतावनी दिएका थिए ।
क्यारोलले अदालतलाई बताइन् कि उनले १९९६ मा बर्गडोर्फ गुडम्यानमा ट्रम्पलाई भेटेकी थिइन, जहाँ ट्रम्पले महिलाको भित्री बस्त्र किन्न मद्दत मागेर त्यसपछि चेन्जिङ रूममा बलात्कार गरेका थिए । उनले दशकौंसम्म आफ्ना दुई साथीहरू बाहेक कसैलाई नभनेको पनि बताएकी छन् ।
उनले भनेकी छन्, किनभने उनलाई ट्रम्पले आफूलाई बदला लिने डर थियो र “यो आफ्नो गल्ती हो“ भन्ने डर थियो। क्यारोल मानिसहरूले उनलाई नै दोषी ठहर्याउने छन् भन्ने कुराले उनी डराएकी थिइन् । उनले ‘मी टु’ अभियानपछि जनतालाई आफ्नो पीडाबारेमा बताउने निर्णय गरेको बताएकी छिन् ।
ट्रम्पले यी आरोपहरूलाई कडाइका साथ अस्वीकार गर्दै आएका छन्। अमेरिकामा अर्को वर्ष राष्ट्रपतिको निर्वाचन हुँदैछ । यस्तो अवस्थामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि चुनाव लड्ने तयारी सुरु गरेका छन् । ट्रम्पले यदि आफू नफर्किए अमेरिका अराजकतामा फस्ने चेतावनी दिएका छन् ।
उनले वर्तमान राष्ट्रपति जो बाइडेनप्रति लक्षित गर्दै अमेरिकाले बाटो गुमाएको र अब देशलाई बचाउनु पर्ने बताएका छन् । तर अदालतमा उनीविरुद्धको मुद्धा र बढ्दै गएका बलात्कारसम्मका आरोपहरुले भने ट्रम्पको आगामी चुनाव लड्ने योजना पूरा हुन नसक्ने सम्मका आकलनहरु गरिएका छन् ।