१६ वैशाख,एजेन्सी ।
श्रीलंकाको केन्द्रीय बैंकले ७० वर्ष यताकै सबैभन्दा खराब आर्थिक संकटको सीमा प्रस्तुत गरेको छ । बैंकले आफ्नो वार्षिक प्रतिवेदनमा गत वर्षको ज्यालाले खाद्यान्नदेखि इन्धनसम्म सबैको बढ्दो लागतसँग जुध्न असफल भएको बताएको छ । आन्तरिक तथा नीतिगत कमजोरीहरुले दक्षिण एसियाली राष्ट्रहरुलाई घेरेको गम्भीर आर्थिक समस्याहरूलाई थप बढाउन मद्दत गरेको बैंकले जनाएको छ ।
बैंकले आगामी वर्ष अर्थतन्त्र वृद्धिमा फर्कने अपेक्षा गरेको छ । श्रीलंकाको केन्द्रीय बैंकले यस वर्ष अर्थतन्त्र २ प्रतिशतले संकुचित हुने तर सन् २०२४ मा ३.३ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) गरेको प्रक्षेपणभन्दा धेरै आशावादी छ ।
आईएमएफले सन् २०२३ मा लगभग ३ प्रतशितको संकुचन र अर्को वर्ष १.५ प्रतिशतको वृद्धिको पूर्वानुमान गरेको थियो । केन्द्रीय बैंकको प्रतिवेदनले सेप्टेम्बरमा ताजा फलफूल, गहुँ र अण्डाको मूल्य दोब्बरभन्दा बढी हुँदा कसरी मुद्रास्फीति झण्डै ७० प्रतिशत पुग्यो भनेर पनि उल्लेख गरेको छ ।
यसले एकै समयमा यातायात र अत्यावश्यक उपयोगिताहरू जस्तै बिजुली र पानीको लागत अझ छिटो बढ्यो । गत वर्ष श्रीलंकाको अर्थव्यवस्था ७.८ प्रतिशतले संकुचित भएको थियो । सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक देशले बिदेशी ऋणमा डिफल्ट गरेको हो ।
सरकारहरूले ऋणदाताहरूलाई उनीहरूको केही वा सबै ऋण भुक्तानीहरू पूरा गर्न असमर्थ हुँदा यसले देशको प्रतिष्ठालाई हानि पु¥याउँछ । र अन्तर्राष्ट्रिय बजारमा थप पैसा लिन अझ गाह्रो बनाउने अवस्था सिर्जना हुन्छ । एक रिपोर्टका अनुसार श्रीलंकाको अर्थतन्त्रले आफ्नो स्वतन्त्रतापछिको इतिहासमा सबैभन्दा कठिन वर्षको सामना गरेको जनाएको छ ।
उक्त रिर्पोटले एक अस्थिर आर्थिक मोडेलले देशलाई बहुआयामिक प्रकोपतर्फ डो¥याएको समेत बताएको छ । श्रीलंकाले चीनलाई करिब ७ अर्ब डलर र भारतलाई करिब १ अर्ब डलर ऋण तिर्न बाँकी छ । फेब्रुअरीमा दुवै देशले आफ्नो ऋणको पुनर्संरचना गर्न सहमत भए र उनीहरुले श्रीलंकालाई ऋण तिर्न थप समय दिएका छन् । गत महिना आईएमएफले श्रीलंकालाई ३ अर्ब डलर ऋण दिन सहमत भएको थियो ।