आज नेप्सेमा १९ अंकको गिरावट

आज नेप्सेमा १९ अंकको गिरावट

१७ वैशाख, काठमाण्डौ ।

साताको पहिलो दिन नेप्से परिसूचक १९.११ अंकले घटेर १८७०.६५ विन्दुमा रोकिएको छ । नेप्से घटे पनि कारोबार रकममा वृद्धि भएको छ । यस दिन ९५ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गएको बिहीबार ७३ करोड ९६ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।आइतबार सबै समूहको परिसूचक घटेको छ ।

सर्वाधिक परिसूचक घट्नेमा हाइड्रोपावर समूहको परिसूचक छ । यो समूहको परिसूचक १.८७ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । शिवम् सिमेन्टको चार करोड २५ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तीन करोड ५७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।२७१ धितोपत्रको ३२ लाख ६ हजार ४५० कित्ता खरिद–बिक्री भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.