२० वैशाख, काठमाण्डौ ।
काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले देशका सबै नेताहरुलाई चोरको संज्ञा दिएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले नयाँ पुरा सबै नेताहरू चोर भएको उल्लेख गरेका हुन् । उनले देशको माया कसैलाई पनि नभएको बताएका छन् ।
मेयर शाहले लेखेका छन्, ’नयाँ, पुराना सबै नेताहरू चोर हुन्, कसैलाई देशको माया छैन ।’ यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्दे्नले नेताहरुमा टिप्पणी गर्दै गाउँमा नेताहरुलाई जनताले चोर भन्ने गरेको टिप्पणी गरेका थिए ।
लिङदेनको यो टिप्पणीप्रति एमाले अध्यक्ष केपी शर्मा ओली लगायतको कडा टिप्पणी गर्दै लिङदेनको आलोचना गरेका थिए । पछिल्लो समयमा मेयर बालेन नेताहरूप्रति आक्रोश पोख्दै आएका छन् । केही समय अघि मेयर साहले सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने टिप्पणी गरेका थिए ।
उनले नेताहरुको विरोध गर्दै सिंहदरबारको फोहोर समेत उठाएका थिएनन् । तर सर्वाेच्च अदालतले फोहोर उठाउन आदेश दिएपछि अहिले सिंहदरबारको फोहोर उठ्न थालेको छ । तर यसमा पनि उनले अदालतको आदेश महानगरले मात्रै मान्नु पर्ने नभएको भन्दै संघीय सरकारले पनि यसअघिका अदालतको आदेश पालना नगरेको भन्दै नैतिक प्रश्न उठाएका थिए ।
देशभरका स्थानीय पालिकाका प्रमुखहरु मध्ये सामाजिक संजालमा आफ्ना महत्वपूर्ण निर्णयहरु र अभिब्यक्तिहरु सार्वजनिक गर्ने मेयरहरु भित्र पर्दछन् , धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेन ।
यी दुवै मेयरहरुका आधिकारिक धारणाहरु सामाजिक संजालमा आउछन् ।र ती कार्यान्वयन पनि हुदै आएका छन् । बेला बेला यसरी सामाजिक संजालमा राख्ने अभिब्यक्तिकै कारण दुवै मेयरले चर्चा र आलोचना खेपिरहेका छन् ।