विश्वकप खेल्न नेपाल शीर्ष २ भित्र पर्नुपर्ने

विश्वकप खेल्न नेपाल शीर्ष २ भित्र पर्नुपर्ने

२७ वैशाख, एजेन्सी ।
आगामी जुनमा हुने नेपाल समेत सहभागि हुने विश्वकप छनोट खेल्ने दशै टिमको समेत टुंगो लागेको छ। जिम्बावेमा हुने विश्वकप छनोटमा चार टेस्ट टिमले खेल्दैछन्। जहाँ नेपालले पनि प्रतिस्पर्धा गर्दैछ। क्रिकेट विश्वकप छनोट खेल्ने १० टोलीः वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड, ओमान, नेपाल, अमेरिका र युएई छन् ।

सुपर लिग तालिकाको अन्तिम दुईमा रहेपछि जिम्बावे र नेदरल्याण्ड्स विश्वकप छनोटमा पुगेका थिए। वेस्ट इन्डिज, श्रीलंका र आयरल्यान्ड सुपर लिगको नवौं, दशौ र एघारौं स्थानमा रहदा छनोट खेल्न बाध्य भए। स्कटल्यान्ड, ओमान र नेपालले लिग २ को शीर्ष तीनमा रहेर विश्वकप छनोटमा आफ्नो स्थान सुरक्षित गरेका थिए।

नेपालले लिग–२ का अन्तिम १२ मध्ये ११ खेल जित्दै विश्वकप छनोटमा स्थान पक्का गरेको थियो। लिग–२ मा निराशाजनक प्रदर्शनपछि अमेरिका र युएई विश्वकप क्वालिफायर प्लेअफबाट छनोट भएका हुन्। १० टिमको विश्वकप छनोटबाट दुई टिम विश्वकपमा पुग्नेछन्।

विश्वकप छनोटमा पुगेका १० टिमलाई सुरुमा दुई समूहमा विभाजन गरिनेछ।पाँच–पाँच टिमको दुई समूहका लिग खेलपछि सुपर सिक्स हुनेछ। सुपर सिक्समा दुवै समूहका शीर्ष तीन–तीन टिम पुग्नेछन्। सुपर सिक्समा ६ टिमले एक आपसमा भिड्नेछन्।

जहाँ शीर्ष दुईमा पर्न सक्ने टिम आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने आइसिसी विश्वकप क्रिकेटमा छनोट हुनेछन्। उता आयरल्यान्ड र बंगलादेशबीचको पहिलो एकदिवसीय खेल लगातार वर्षाका कारण रद्द भएसँगै २०२३ आइसिसी पुरुष क्रिकेट विश्वकपमा स्वतः छनोट हुने ८ टिमको टुंगो लागेको छ।

खेल रद्द भएसँगै आयरल्यान्ड विश्वकप छनोटमा धकेलिएको छ भने दक्षिण अफ्रिकाले विश्वकपमा छनोट भएको छ। विश्वकपमा छनोट भएका टोलीहरूः भारत (आयोजक), न्यूजिल्याण्ड, इंग्ल्याण्ड, अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, अफगानिस्तान, दक्षिण अफ्रिका रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.