एजेन्सी,भदौ १९
साफ च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानसँग २–१ ले पराजित भएको छ । दोस्रो हाफको इन्जुरी समयमा पाकिस्तानका पाकिस्तानका मोहमद अलिले हेड गोल गरेपछि नेपाल पाकिस्तानसँग पराजित हुन पुगेको हो । पहिलो हाफमा एक गोल खएको नेपालका लागि खेलको ८२ औं मिनेटमा विमल घर्ती मगरले गोल फर्काउँदै बराबरीमा पुर्याएका थिए ।
दिउँसो ३ ः ४५ बजे सुरु भएको खेलको ३६ औं मिनेटमा हसन नविद बसिरको पेनाल्टी गोलमा नेपाल पछि परेको हो । विराज महर्जनले महम्मद रिजाजलाई पेनाल्टी बक्समा फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो । विराजले पहेलो कार्डको दर्शन गरेका थिए ।
१३ औं मिनेटमा विमल घर्तीमगरको क्रसमा नवयुग श्रेष्ठको हेड पोस्टको धेरै टाढाबाट बाहिरयो । २५ औं मिनेटमा विराजको क्रस सोझै किपरको हातमा परेको थियो । ३० औं मिनेटमा नवयुगको फिलतो प्रहार क्रसबारको निक्कै माथिबाट बाहिरिएको थियो । खेलमा नेपालले केहि अवसर पाएर पनि त्यसलाई गोलमा परिणत गर्न सकेन ।
चार वर्षको फिफा प्रतिबन्ध पछि पाकिस्तानको सिनियर टोली पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको हो ।
नेपाल र पाकिस्तानबीच पाँच वर्षपछिको यो पहिलो भेट हो । सन् २०१३ मा साफ च्याम्पियनसिपमा एकै समूहमा परेका यी दुई टोलीबीचको समूह चरणको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।त्यो खेलमा विमल घर्ती मगरले बराबरी गोल गरेका थिए । राष्ट्रिय टोलीका लागि विमलको त्यो पहिलो गोल थियो ।
समूह एमा नेपाल, पाकिस्तानसँगै भुटान र आयोजक रहेका छन् । अर्को समूहमा सर्वाधिक सफल टोली भारत, श्रीलंका र माल्दिभ्स छन् । आजै हुने अर्को खेलमा भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ ।