विराटनगर : नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवत्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई भोजपुर लगिएको छ । मंगलबार काठमाडौँबाट श्री एयरलायन्सको जहाजबाट विराटनगर ल्याईएर स्थलमार्ग हुँदै प्रकाण्डलाई भोजपुर लगिएको हो ।यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
प्रकाण्डलाई सोमबार सर्वोच्चले थुना मुक्त गर्न आदेश दिएको थियो । आदेशको भोलीपल्ट काठमाडौंमा राखिएका विश्वकर्मालाई प्रहरीले भोजपुर लगेको हो ।
प्रकाण्डलाई जिल्ला अदालत भोजपुरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा हालका १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई लक्षित गरी सकेट बम विष्फोट गराएको अभियोगमा विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्दा छ ।