कोसोभो र सर्बिया युद्ध नजिक

कोसोभो र सर्बिया युद्ध नजिक

१७ जेठ, एजेन्सी ।
युक्रेन युद्धको बीचमा, युरोपमा अर्को विवाद चर्किरहेको छ। कोसोभोमा सर्बियाली प्रदर्शनकारीहरूले गरेको आक्रमणमा ३० नेटो शान्ति सैनिक घाइते भएका छन् । अब नेटोले ७ सय थप सेना पठाउने निर्णय गरेको छ ।

हाल, कोसोभामा ३८ सय नेटो शान्ति सेना तैनाथ छन्। नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले पश्चिमी बाल्कनमा थप ७ सय सेना तैनाथ गर्ने बताएका छन् । उनले आवश्यक परे थप रिजर्भ बटालियनलाई उच्च सतर्कतामा राखेर तत्काल तैनाथ गर्न सकिने बताएको रोर्यटसले लेखेको छ ।

यसैबीच सर्बियाले आफ्नो सेनालाई उच्च सतर्कतामा राखेको छ । एक बटालियनमा सामान्यतया ३सय देखि एक हजार सिपाहीहरू हुन्छन्। नेटोका कमाण्डर एडमिरल स्टुअर्ट मुन्शले सुरक्षा मजबुत बनाउन थप सेना तैनाथ गर्नु सही निर्णय भएको बताएका छन् ।

नेटोले हंगेरी र इटालीका ३० शान्ति सैनिक घाइते भएको जनाएको छ । आगजनीका कारण यी सैनिकहरू नराम्ररी घाइते भएका छन्। कोसोभो १९९८ देखि द्वन्द्वमा छ । जब जातीय अल्बेनियन विद्रोहीहरूले सर्बियाको शासन विरुद्ध विद्रोह गरे त्यो समयदेखि त्याहा अशान्ति छ ।

सर्बियाले यस विद्रोहको विरुद्ध निकै क्रूर अभियान चलाएको थियो । यस हिंसामा १३ हजार मानिस मारिएका थिए जसमा अधिकांश अल्बानियाका थिए । यसपछि सन् १९९९ मा नेटो सेनाले हस्तक्षेप गरी सर्बियालाई कोसोभोको भूभागबाट पछि हट्न बाध्य तुल्यायो ।

त्यसपछि त्यहाँ शान्ति सेना तैनाथ गरिएको थियो । सर्बियाले कोसोभोलाई देशको रूपमा मान्यता दिन अस्वीकार गरेको छ। कोसोभोमा अल्बेनियालीहरूको प्रभुत्व छ, तर देशको उत्तरमा, सर्बियाको सिमानामा, त्यहाँ सर्बियाई मूलका मानिसहरू पनि ठूलो संख्यामा छन्।

सर्बियाका जनताले पूर्ण बहिष्कार गरेको चुनावमा अल्बेनियाली मूलका अधिकारीहरू निर्वाचित भएपछि पछिल्लो विवाद सुरु भएको छ । निर्वाचित अधिकारीहरु नगरपालिका भवनमा प्रवेश गरेपछि सर्बियाका मानिसहरूले उनीहरूको विरोध गरेका थिए ।

त्यसपछि कोसोभो प्रहरीले भीडलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो । यसको जवाफमा सर्बियाले अब आफ्नो सेनालाई उच्च सतर्कतामा राखेको छ।

यति मात्र होइन, सर्बियाले कोसोभोको सिमानामा ठूलो संख्यामा नयाँ सैनिक पठाएको छ । सर्बियाले चीन र रुसको समर्थन पाइरहेको छ । चीनले सर्बियालाई धेरै घातक हतियार दिएको छ। युक्रेन युद्धमा पनि सर्बिया रुसको साथमा उभिएको देखिन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.