एजेन्सी,भदौ २०
पोर्चुगिज प्रशिक्षक जोसे मोउरिन्होले स्पेनिस कर अधिकारीले लगाएको एक वर्षको जेल सजाय स्वीकार गरेका छन् ।उनलाई स्पेनीस क्लब रियल मड्रिडमा रहदा ३÷३ मिलियन युरो कमाइको कर छलिको आरोप लागेको थियो ।
कर छलिको ओरोपमा एक वर्षको जेल सजाए सुनाएपनि उनले जरिवाना तिरे पुग्ने भएको छ ।स्पेनी कानुनका अनुसार पहिलो पटकको अपराधका लागि दुई वर्ष भन्दा कमको सजाए जरिवाना तिरे पुग्ने व्यवस्था गरिएको छ । मोउरिन्होलाई आयरल्याण्ड, ब्रिटिस भर्जिन टापु र न्युजल्यान्डमा सन् २०११ मा तस्बिर अधिकार सम्बन्धि कम्पनिको कमाई लुकाएको आरोप लागेको थियो ।
ईएल मुन्डो रिपोर्टका अनुसार केही दिनमा यसबारे अदालतमा वकालत हुने बताईएको छ । सन् २०११ र २०१२ मा क्र छली शुल्कमाथि मोउरिन्होसँग एक सम्झौता गरेको थियो ।
पछिल्लो बर्ष नोभेम्वरमा मोउरिन्होले अदालत बाहिर भनेका थिए, ‘मैले केहि जवाफ दिएको छैन । मैले बहस पनि गरेको छैन । मैले राज्यलाई आवश्यक जरिवाना भुक्तान गरेको छु र हस्तारक्षर गरेको छु । केश बन्द भएको छ ।’
स्पेनिस अदातले बार्सिलोनाका लिओनल मेस्सी र पूर्व रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोलाई पनि यसै सम्बन्धमा रहेर कर छलिको आरोप लगाएको थियो । दुवै खेलाडीको केस पनि यसैअनुसार समाप्त भइसकेको छ ।