रष्ट्रिय रग्बी सेभेन्स आजदेखि सुरु

रष्ट्रिय रग्बी सेभेन्स आजदेखि सुरु

२० जेठ, काठमाण्डौ ।
युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले रग्बीबाट नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सकिने बताएका छन् । भक्तपुरस्थित सानोठिमी चौरमा शनिवारबाट आयोजना भएको राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उद्घाटनपछि बोल्दै युवा तथा खेलकुदमन्त्री लिम्बूले सगरमाथाको देश, बुद्धको देशबाट नेपाल अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाए जस्तै रग्बीले पनि अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउनसक्ने बताएका हुन् ।

त्यसका लागि सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाई छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा बागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि भएको छ । दुई दिने प्रतियोगितामा ७ महिला र ७ पुरुष गरी १४ टिमले सहभागिता जनाउने छन् ।

सातवटा प्रदेशमध्ये कोशी प्रदेश, मधेस प्रदेश, वागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश गरी ५ प्रदेशको सहभागिता र ३ वटा विभागिय टिमहरु त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस र नेपाल एपीएफ क्लबले सहभागी हुनेछन् । तर, पुरुषमा लुम्बिनी र महिलामा पुलिस क्लव सहभागी हुने छैनन् ।

प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउनेछन् । प्रतियोगिताबाट नेपाल रग्वी संघले कतारमा सञ्चालन हुन गइरहेको एसिया रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता र चीनमा हुने एशियन गेम्स–२०२२ का लागि राष्ट्रिय महिला तथा पुरुष टिम छनोट गरिने संघले जनाएको छ । दुईदिने प्रतियोगिताका खेलहरु भक्तपुरको सानो थिमीस्थित मैदानमा भइरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.