अमेरिकाले भन्यो, चीनसंग वार्ता गर्नैपर्ने भो

अमेरिकाले भन्यो, चीनसंग वार्ता गर्नैपर्ने भो

२१ जेठ,एजेन्सी ।
अमेरिकाले द्वन्द्व निम्त्याउन सक्ने असमझदारीबाट बच्न चीनसँग वार्ता गर्नु आवश्यक भएको बताएको छ । दुई देशबीचको असमझदारी हटाउन वार्ता आवश्यक रहेको निष्कर्षमा अमेरिका पुगेको हो । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले सिंगापुरमा भएको रक्षा शिखर सम्मेलनमा चिनियाँ समकक्षी ली शाङफुलाई भेटका लागि निमन्त्रणा गरेको बताइएको छ ।

तर बेइजिङले अस्वीकार गरेको पेन्टागनले बताएको छ । अस्टिनले सङ्ग्रिला डायलग नाम दिइएको सम्मेलनमा भने, ’विशेष गरी अमेरिकी र चिनियाँ रक्षा र सैन्य नेताहरूबीच सञ्चारको खुला रेखाहरू आवश्यक छन् । हामी जति धेरै वार्ता गर्छौं, त्यति नै हामी संकट वा द्वन्द्वले निम्त्याउन सक्ने नकारात्मक परिणामबाट बच्न सक्छौं।’

तर चीनले दुई शक्तिशाली अर्थतन्त्रका सेनाबीच संकट व्यवस्थापनका लागि राम्रो संयन्त्रमा चीन गम्भीर नदेखिएको भन्दै उनले दुःख व्यक्त गरे । चिनियाँ प्रतिनिधिमण्डलका एक सदस्यले एएफपीसँग कुरा गर्दै वार्ताका लागि चिनियाँ मन्त्रीमाथि लागेको अमेरिकी प्रतिबन्ध हटाउनुपर्ने पूर्वशर्त चीनले राखेको छ ।

चिनियाँ रक्षामन्त्री शाङफुङलाई अमेरिकाले सन् २०१८ यता प्रतिबन्ध लगाएको छ । रुसी हतियार खरिद गरेको आरोपमा उनलाई प्रतिबन्ध लगाइएको थियो । शीर्ष अमेरिकी अधिकारीहरू क्षेत्रीय गठबन्धन र साझेदारीलाई बढावा दिन चीन र उत्तर कोरियासँगको बढ्दो शत्रुतालाई कम गर्न एसियाको भ्रमणमा छन् ।

यसै अभियानका अमेरिकी रक्षामन्त्री अस्टिनले गएको साता जापानको पनि भ्रमण गरेका थिए । कूटनीतिक सम्बन्ध सुधारका लागि उनी भारत भ्रमणमा पनि जाने कार्यक्रम छ । ली आइतबारको बैठकलाई सम्बोधन गर्दैछन् । अमेरिकी रक्षामन्त्री अस्टिन र चिनियाँ समकक्षी लीले शुक्रबार सिंगापुरको कार्यक्रममा पहिलोपटक हातत मिलाएर छोटो कुराकानी गरेका थिए ।

संयुक्त राज्य अमेरिका र चीनबीचको उच्चस्तरीय सैन्य सम्बन्ध महिनौंदेखि विच्छेद भए तापनि अन्य शीर्ष अमेरिकी अधिकारीहरू अझै पनि बेइजिङसँग सम्पर्कमा छन् । सीआईएका निर्देशक विलियम बन्सले गत महिना चीनको गोप्य भ्रमण गरेका थिए भने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र उच्च चिनियाँ कूटनीतिज्ञ वाङ यीबीच मे महिनामा भियनामा भेटवार्ता भएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.