कोरोना सङ्क्रमण दर शून्य

कोरोना सङ्क्रमण दर शून्य

२२ जेठ, काठमाण्डौ ।
कोरोना भाइरसको सङ्क्रमण दर शून्यमा झरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कमा ७६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । अहिलेसम्म सक्रिय सङ्क्रमित १७ जना रहेका छन् । कोही पनि सङ्क्रमितलाई सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राख्नुपरेको छैन ।

यही जेठ महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोपको प्रभावले र छिमेकी देश भारतमा पनि सङ्क्रमण कम भएपछि नेपालमा सङ्क्रमण कम हुँदै गएको हो । गएको चैतमा नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १.१६ देखिएपछि नेपालमा सङ्क्रमण बढिरहेको थियो ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण न्यून हुँदै गएपछि मास्कको प्रयोगलाई पनि स्वेच्छिक बनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले पनि कोरोना भाइरस न्यून हुँदै गएपछि गएको वैशाख २२ गते कोभिड–१९ जनस्वास्थ्यको आपत्काल नरहेको घोषणा गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.