नेप्सेमा १७ अंकको गिरावट

नेप्सेमा १७ अंकको गिरावट

२२ जेठ , काठमाडौँ ।

साताको पहिलो कारोबार दिन ५३ अंकमाथिले बढेको नेप्से सूचक दोस्रो नै पुनः १७ अंकमाथिले घट्न पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से सूचक १७.३८ अंकले घट्दै १९ सय १.९९ अंकको विन्दुमा झरेको हो ।

यस्तै सेन्सेटिभ इन्डेक्स समेत आज २.८८ अंकले घट्दै ३६२.२२ अंकमो झरेको छ ।उसो त आज नेप्से सूचक दोहोरो अंकले घट्दैगर्दा यता कारोबार रकम समेत घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार रुपैयाँ बराबरको ५६ लाख २० हजार कित्ता सेयर बजारमा किनबेच भएको छ ।आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ ।

यद्यपि, आज रिभर फल्स पावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने शिभम् सिमेन्टको सेयर मूल्य ४.५० प्रतिशतले घट्न पुगेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.