२३ जेठ, एजेन्सी ।
रुसका थुप्रै रेडियो स्टेशनहरू ह्याक गरिएका छन् । रेडियोहरू ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रहरूमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण बजाइएको छ । ह्याकिङ दक्षिण–पश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीको बीचमा भएको छ ।
किभले यस्ता गतिविधिहरूले लामो–अपेक्षित प्रतिआक्रामक तयारी गरिरहेको बुझिएको जनाएको छ । नक्कली सन्देश अझै पनि विभिन्न सामाजिक सञ्जालमा प्रसारित भइरहेको छ । रुसी राष्ट्रपति पुटिनको आवाजसँग मिल्दोजुल्दो त्यो आवाजले ती क्षेत्रहरूमा मार्शल ल, सामान्य परिचालन र नागरिकलाई खाली गर्ने घोषणा गरेको छ ।
‘यो वास्तवमै ह्याक थियो’, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई सरकारी एजेन्सी आरआईए नोवोस्तीले भनेका छन् । बेल्गोरोड क्षेत्रीय प्रशासनिक केन्द्रले सन्देश ‘नक्कली’ भएको बताएको छ जसको उद्देश्य ‘शान्तिपूर्ण बेलगोरोडका बासिन्दामा त्रास छर्न’ केन्द्रित रहेको बुझिएको छ ।
एमआरआई रेडियो स्टेशनले ह्याकिङलाई ‘पूर्ण नक्कली र उत्तेजक’ भनेको छ जुन झन्डै ४० मिनेटसम्म प्रसारित भएको थियो । युक्रेनसँग सीमा जोडिएको क्षेत्रमा त्यो पनि पुटिनको नक्कल गरी प्रशारित सो सन्देशका पछाडि युक्रेन र यसका समर्थकहरुको हात रहेको अनुमान गरिएको छ । यद्यपि यसका बारेमा थप विवरणहरु रुसले सार्वजनिक गरेको छैन् ।