मेसी अब कहाँ जान्छन् ?लालिगाले ढोका खोल्यो

मेसी अब कहाँ जान्छन् ?लालिगाले ढोका खोल्यो

 २३ जेठ, एजेन्सी ।
पेरिस सेनट जर्मेन पीएसजी छाडेपछि अर्जेन्टिनी स्टार लियोनेल मेसी अहिले क्लवविहनि छन् । उनका पिता तथा एजेन्ट जर्ज मेसीले लियोनेल मेसी बार्सिलोना फिर्ता हुने पक्षमा रहेको स्वीकार गरेका छन्। बार्सिलोना अध्यक्ष जोआन लापोर्टासँगको भेटघाट पश्चात मेसीका पिताले मेसी बार्सिलोना फिर्ता हुन मन पराउने र आफू पनि उनको बार्सिलोना फिर्तिको पक्षमा रहेको बताएका हुन्।

लापोर्टासँगको भेटपछि संक्षिप्त कुराकानी गर्दै जर्ज मेसीले बार्सिलोना फिर्ति मेसीसँग भएको एक विकल्प रहेको बताएका छन् । उनले भनेका छन्,”लियो बार्सिलोना फर्कन चाहन्छन् र म पनि उनलाई बार्सिलोना फर्किएको हेर्न चाहन्छु। बार्सिलोना ट्रान्सफर निश्चित विकल्प हो भन्नेमा हामी विश्वस्त छौँ।”

ट्रान्सफर मार्केटका जानकार फाब्रिजियो रोमानोका अनुसार लापोर्टा र जर्ज मेसी बीचको छलफल सकारात्मक भएको छ र लालिगाले बार्सिलोनाको वित्तीय फेयर प्लेको योजनालाई अनुमोदन गरेको छ। यसले मेसीको बार्सिलोना फिर्तिको ढोका खोलेको छ। मेसीकी पत्नी एन्टोनेला रोकुज्जो बार्सिलोना फिर्ता हुने पक्षमा रहेको दावी बाहिरिएको छ।

स्पेनबाट प्रकाशित हुने विभिन्न खेल मिडियाहरुले एन्टोनेला बार्सिलोना फिर्ता हुने पक्षमा रहेको दावी गरेका हुन्। यस्तै सो खबरलाई स्पेनिस पत्रकार जेरार्ड रोमेरोले पनि पुष्टि गरेका छन्। आफ्ना छोराहरुका लागि बार्सिलोना ठीक हुने एन्टोनेलाको निर्णय रहेको र उनले नै मेसीलाई बार्सिलोना फिर्ता हुन दबाब दिएको रोमेरोको भनाई छ।

मेसीले लामो समय बार्सिलोनामा बिताएका थिए। बार्सिलोनामा डेढ दशक भन्दा लामो समय रहेका कारण उनको परिवार सोहि शहरसँग बढी नजिक छ। सोहि कारणले गर्दा एन्टोनेलाले मेसीलाई बार्सिलोना फिर्ता हुन सुझाव दिरहेको दावी गरिएको छ । मेसी सन् २०२१मा बार्सिलोना छोडेर पीएसजीमा आवद्ध भएका थिए । साउदी अरेबियाको अल–हिलालले मेसीलाई कीर्तिमानी राशिमा अफर गरेको छ ।

केही साता अघि मात्रै मेसी सपरिवार साउदी पुगेका थिए । मेसीले यस सिजनमा पीएसजीका लागि सबै प्रतियोगिताहरूमा २१ गोल र २० असिस्ट गरेका छन्, । सन् २००३ देखि २०२१ सम्म बार्सिलोनाका लागि ७७८ खेलमा ६७२ गोल गरेका मेसीले आफ्नो सम्झौता नवीकरण गर्न नसकेपछि बार्सिलोनाले सित्तैमा सार्न दिएपछि पछिल्ला दुई सिजन पीएसजीमा बिताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.