४ जिल्लामा गर्मीले रेकर्ड तोड्यो, अहिलेसम्मकै गर्मी

४ जिल्लामा गर्मीले रेकर्ड तोड्यो, अहिलेसम्मकै गर्मी

२६ जेठ, काठमाण्डौ ।
ओखलढुंगा, सुनसरी, इलाम र नवलपरासीमा अहिलेसम्मकै उच्च गर्मी भएको छ । यी जिल्लामा हालसम्कै उच्च तापक्रम मापन गरिएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार ओखलढुंगा, सुनसरीको धरान बजार, इलामको कन्याम चिया बगान र नवलपुरको दुम्कौलीमा हालसम्मकै उच्चतम तापक्रम मापन भएको हो ।

ओखलढुंगामा ३१ डिग्री, धरानमा ३९.३ डिग्री, कन्याम चिया बगानमा ३० डिग्री, नवलपुरको दुम्कौलीमा ४३.८ डिग्री सेल्सियस तापक्रम पुगेको विभागले जनाएको छ । यहाँ यसअघि उच्चतम तापक्रम १९९९ अप्रिल २८ तारिखमा भएको थियो। त्यसयताकै सबैभन्दा उच्च तापक्रमको मापन भएको हो। त्यतिबेला ३०.९ डिग्री तामपक्रम मापन भएको थियो।

विभागले १३ वटा केन्द्रमा जुन महिनाको उच्चतम तापक्रम मापन भएको जानकारी दिएको छ । विभाग भन्छ– तराईमा तातो हावा चलिरहेको छ, सतर्क रहनू मध्य तराई तथा पश्चिम तराईमा अझै तापक्रम बढ्ने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताएका छन् । मौसमविद्का अनुशार “आज कोशी प्रदेशमा तापक्रम केही घट्ने सम्भावना देखिएको छ ।

बदलीको सम्भावना रहेकाले पूर्वी क्षेत्रको तापक्रम केही घट्छ कि भन्ने छ,” तर, मध्य तराई र पश्चिम तराईमा आज पनि तापक्रम उच्च रहनेछ । तापक्रम हिजोको भन्दा बढ्न पनि सक्छ । यदि, बढेन भने पनि स्थिर रहन्छ ।” अझै केही दिन तापक्रम उच्च रहने छ । कन्याम चिया बगानमा रहेको केन्द्रले मापन गरेअनुसार मंगलबार ३० डिग्री मापन भएको थियो।

यहाँ यसअघि सबैभन्दा उच्चतम तापक्रम मापन सन् १९७३ जुलाइ १० मा भएको थियो। त्यतिबेला २९ डिग्रीसम्म पुगेको थियो। यसैगरी दुम्कौलीमा भने सोमबार, मंगलबार बुधबार नै ४३.८ डिग्री पुगेको विभागले जनाएको छ। यसअघि त्यहाँ उच्चतम तापक्रम ४३.७ डिग्रीसम्म पुगेको थियो। यो तापक्रम सन् १९७९ जुन ५ मा भएको थियो। देशभर विभागका ११३ वटा केन्द्रहरू छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.