कारबाही हुने देखिएपछि जोनसनले दिए सांसद पदबाट राजीनामा

कारबाही हुने देखिएपछि जोनसनले  दिए सांसद पदबाट राजीनामा

२७ जेठ,एजेन्सी ।
बेलायतका पूर्वप्रधानमन्त्री तथा संसद् सदस्य बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । २०२२ मा प्रधानमन्त्रीबाट राजीनामा दिएका उनी अहिले संसदीय छानबिनको क्रममा छन् । उनीमाथि कोरोनासँग सम्बन्धित नियम पालना गरेको भन्दै सदनलाई ढाँटेको आरोपमा संसदीय समितिले छानबिन गरिरहेको छ ।

तर जोनसनले यस विषयमा संसदलाई गुमराह गरेका थिए, उनले संसद्लाई लकडाउनक पूर्ण रूपमा पालना भएको जानकारी गराएका थिए । जसकारण जोनसन सरकारका ५१ प्रतिशत बढी मन्त्रीले राजीनामा दिएपछि उनी सरकार छाड्न बाध्य भएका थिए ।

उक्त आरोपपछि सन् २०२२ अक्टोबर २० मा प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । तर उनको सांसद पद यथावत थियो । सांसद रहँदै उनीमाथि संसदीय समितिले छानबिन गरिरहेको थियो । यसै क्रममा शुक्रबार जोनसनले तत्काल लागू हुनेगरी राजीनामा दिएको समाचार एजेन्सी अल–जजीराले जनाएको छ ।

मार्चमा सार्वजनिक विशेषाधिकार समितिको प्रतिवेदनअनुसार, जोनसनले संसदलाई गुमराह गरेको स्वीकार गरेका थिए, तर आफूले जानी–जानी त्यसो नगरेको प्रतिक्रिया उनले दिएका थिए । संसदीय विशेष समितिले उनीविरुद्ध छानबिन जारी राखेको छ । जोनसनले आफूले सजाय पाउने जानकारी पाएपछि सांसद पदबाट राजीनामा दिएका हुन् । अब उनले राजीनामा दिएपछि रिक्त भएको उक्त सिटमा अब उपनिर्वाचन हुनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.