जोकोभिचको दुर्लभ कीर्तिमान, नाडाललाई पछि पारे

जोकोभिचको दुर्लभ कीर्तिमान, नाडाललाई पछि पारे

२९ जेठ , एजेन्सी ।
सर्बियाका नोभाक जोकोभिचले २३ औं ग्रान्डस्लाम जितेर इतिहास रचेका छन्। तेस्रो पटक फ्रेन्च ओपनको उपाधि जितेका जोकोभिचले २३औं ग्रान्डस्लाम जित्दै कीर्तिमान बनाएका हुन्। अहिलेसम्म उनी स्पेनका राफेल नाडालसँग बराबरीमा थिए। यससँगै जोकोभिच सर्वाधिक ग्रान्डस्लाम जित्ने पुरुष खेलाडी बनेका छन् ।

फ्रेन्च ओपनको आइतबार भएको फाइनलमा नर्वेका क्यास्पर रुडलाई पराजित गर्ने क्रममा जोकोभिकले खेल ७–६ (७–१) ६–३, ७–५ को सेटमा जिते। जोकोभिच विश्व टेनिसका सर्वकालिन महान खेलाडी बनेका छन् । जोकोभिचले अहिलेसम्म करियरमा २३ ग्राण्डस्लाम उपाधि जितेका छन् भने स्पेनका रफाइल नाडालले २२ उपाधि जितेका छन् ।

यसैगरि स्विट्जरल्याण्डका रोजर फेडेररको नाममा २० वटा ग्रान्डस्लामको किर्तीमान छ । जोकोभिचले फ्रेन्च ओपन र यु.एस ओपन ३–३ पटक जितेका छन् भने सात पटक विम्बल्डन र १० पटक अष्ट्रेलियन ओपन जितेका छन् । फ्रेन्च ओपनको महिलातर्फको उपाधि पोल्याण्डकी खेलाडी इगा सिवाटेकले जितेकी छिन् ।

यस जितमा नाडालले बधाई दिएका छन्। उनले भने, ‘२३ यस्तो संख्या हो कि केही वर्षअघिसम्म सोच्न पनि असम्भव देखिन्थे तर तिमीले त्यो ग¥यौ।’ जोकोभिच कम्तिमा तीन पटक सबै चार प्रमुख उपाधि जित्ने पहिलो खेलाडी पनि बनेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.