३२ जेठ, काठमाण्डौ ।
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक नेपाली वैज्ञानिक महावीर पुनले आफू पनि राजनैतिक पार्टी खोलेर चुनाव लड्ने सम्भावना देखिएको बताएका छन् । आविष्कार र नवप्रर्वतनका लामो समयदेखि संघर्ष गर्दै आएका पुनले काम गर्नका लागि मन्त्री र सचिवको पेलाई सहन परेकाले आफैँले राजनैतिक पार्टी खोलेर चुनाव लड्ने सक्ने सम्भावना देखिएको बताएका हुन् ।
पुनले सामाजिक सञ्जाल मार्फत आफ्नो जीवनमा १ प्रतिशत भन्दा पनि न्यून सम्भावना रहेका विभिन्न काम गरेकाले अब पार्टी खोल्ने र चुनाव लड्ने सम्भावना पनि १ प्रतिशत देखिएको बताएका हुन् । पुनले आफूले हाई स्कुल पढ्न सक्ने सम्भावना, अमेरिकामा अध्ययन गर्न जाने सम्भावना, फर्केर नेपाल आउने सम्भावना, विकट गाउँमा इन्टरनेट पु¥याउने लगायतका सम्भावना १ प्रतिशत भन्दा कम रहँदा रहँदै सफल भएको बताएका छन् ।
उनले भनेका छन्, ‘मेरो जिन्दगीमा १ प्रतिशत पनि सम्भावना नभएका तर घटेका घटनाहरू सुन्नुहोस् र बुझ्नु होस् । म पनि चुनावमा उठ्ने १ प्रतिशत सम्भावना भएको थाहा पाउनुहोस् ।’ दीर्घकालीन सपनासहित मरिमेटेर काम गर्ने आम नेपालीहरूको लागि आवश्यक कानून बनाउन नेताहरूले नसक्ने उनले बताएका छन् ।
काम गर्न नसक्ने नेता र मन्त्रालयका सचिवहरूले कानून छैन भनेर दुख दिने गरेको उनको भनाई छ । उनले यो अवस्था कसैका लागि सह्य नहुने पनि बताए । उनले लेखेका छन्, मैले आम नागरिकहरु संग मिलेर नेपालमा राजनैतिक पार्टी खोलेर चुनाब लड्ने र सरकारमा जाने भन्ने कुराको १ प्रतिशत पनि सम्भावना छैन किन भने म त्यसो गर्न चाहन्न ।
तर अब त्यसको सम्भावना पनि १ प्रतिशत देखियो । गण्डकी प्रदेशको नबप्रबर्तन, अनुसन्धान र आविष्कारको अभियानमा अहिले मैले भोग्नु परेको बाधा, अड्चन र सरकारी नीति नियमको पेलाई यहि रुपमा रही रहने हो भने मेरो सांसद बन्ने सम्भावना १ प्रतिशत छ । मन्त्री र सचिवको पेलाई आम नागरीकहरुले भोगेको कुरा हो ।
उनले दिर्घकालिन सपना सहित मरिमेटेर काम गर्ने आम नेपालीहरुको लागी आबश्यक कानुन बनाउन नेताहरुले नसक्ने र मन्त्रालयका सचिबहरुले कानुन छैन भनेर दुख दिने तरिकाले देशको आर्थिक स्थिति नसुध्रिने र त्यो कुरा कसैलाई पनि सह्य नहुने उनले बताएका छन् । यसअघि महावीर आविष्कार र नवप्रर्वतनका लागि बजेट छुट्याउनु पर्ने माग गर्दै माइतीघरमा धर्नामा बसेका थिए ।