आजै बजेट सार्वजनिक गर्ने कोशी प्रदेश सरकारको तयारी

आजै बजेट सार्वजनिक गर्ने कोशी प्रदेश सरकारको तयारी

३२ जेठ ,विराटनगर ।

कोशी प्रदेशमा अध्यादेशबाट ल्याउने बजेट आजै सार्वजनिक हुने भएको छ । उक्त बजेट प्रदेश प्रमुखले आजै सरकारको सिफारिसमा अध्यादेश जारी गरेका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले दिएको जानकारी अनुसार आज दिउँसो ३ः३० बजे बजेट सार्वजनिक हुने भएको हो ।उनले आर्थिक मामिला तथा योजना कार्यालयमा सार्वजनिक गरिने बताए ।

कोशी प्रदेश आर्थिक अध्यादेश–२०८० र कोशी प्रदेश विनियोजन अध्यादेश–२०८० जारी भएको हो । प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा २०२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यही अध्यादेशअनुसार अल्पमतमा रहेको हिक्मतबहादुर कार्की नेतृत्वको सरकारले बजेट ल्याउन लागेको हो । चलिरहेको बजेट अधिवेशन अन्त्य गरेर सरकारले अध्यादेशबाट बजेट ल्याएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.