१ असार, काठमाण्डौ ।
पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई स्वयंसेवाबाट खानेपानी योजना पूरा गरेकोमा बधाई दिएका छन्। डा. भट्टराईले देशमा लोप हुँदै गएको स्वयंसेवी संस्कृति प्रवर्द्धन गरेको भन्दै हर्कलाई धन्यवाद पनि दिएका छन्।
नेपाली समाजमा लामो समयदेखि स्वयंसेवामार्फत स्थानीय पूर्वाधारहरू निर्माण र व्यवस्थापन हुने गरेको परम्परा रहे पनि पछिल्लो चरणमा देश किनारा पूँजीवादको जालोमा फसेर परनिर्भर हुँदै गएपछि त्यो आत्मनिर्भर संस्कृति हराउककदै गएको पनि उनले बताएका छन्।
‘हामी झन्झन् परनिर्भर हुँदै गएका छौं, सानो सानो कुरा पनि मागेर÷चोरेर÷भ्रष्टाचार गरेर खान नलजाउने तर घरबाहिर मात्र होइन घरभित्र समेत सानोभन्दा सानो श्रम गर्न लजाउने भुइककफुट्टा हुँदै गएका छौं’, डा. भट्टराईले सामाजिक सञ्जालमा भनेका छन्, ‘अर्कोतिर ‘डोजरे विकास’को भाइरसले पाखापखेरा र वनजंगल मनपरी मासेर पर्यावरणीय विनाश निम्त्याइरहेछ, रोजगारी खोसिइरहेछ, प्रतिव्यक्ति ऋणको मात्रा सबैको थाप्लोमा थपिइरहेछ! हामी यो दुष्चक्रमा फसिरहन अभिसप्त छौं त? अवश्य छैनौं! मेरो प्रम कालमा “राष्ट्रिय स्वयंसेवा अभियान २०६९” को निर्देशिका केन्द्रबाटै निर्माण गरेर देशभर दश लाख स्वयंसेवक परिचालन गर्ने र सरसफाइ, वृक्षारोपण, स्थानीय खानेपानी÷सिँचाइ÷पोखरी÷सडक÷स्कुल÷स्वास्थ्य चौकी÷सामुदायिक भवन आदि निर्माण कार्य गर्ने अवधारणा अघि सारिएको थियो।
संविधान नै बनिनसकेको र स्थानीय सरकार नभएको त्यो बेला कार्यान्वयनको चुनौती थियो।‘ अब हामीसँग ५ वर्ष पूरै टिक्ने निर्वाचित स्थानीय सरकारहरू रहेको भन्दै उनले थपेका छन्, ‘खाँचो सही सोच, विचार, नीति, कार्यक्रमको छ! स्वयंसेवी संस्कृति विकास (अझ भनौं, पुनर्प्राप्ति र पुनर्स्थापना) गरौं! दिगो, हरित, आत्मनिर्भर, समतामूलक सम्बृद्धि र उककचो शीर हासिल गरौं!’ धरानका मेयर हर्क साम्पांगले स्वयंसेवा मार्फत खानेपानी योजना पूरा गरेको र देशमा लोप हुककदै गएको स्वयंसेवी संस्कृति प्रबर्धन गरेकोमा वधाइ÷धन्यवाद! सोमबार राति मात्रै मेयर हर्कले ४२ किलोमिटर भन्दा टाढाको दूरी छिचोल्दै धरानमा मध्यराति खानेपानी झारेका थिए ।
मेयरको कार्यभार सम्हालेको १३ महिनापछि हर्कले कोकाहाको पानी धरान ल्याउन सफल भएका छन् । सोमबार राति १२ बजे कोकाहाको पानी धरान उपमहानगरपालिका–२० स्थित पकुवा खोलामा झर्दा मेयर साम्पाङ खुसीले हर्षविभोर भएका थिए । त्यहाँ उनले आफूलाई विश्वास गरेर रातदिन साथ दिनेहरुलाई धन्यवाद पनि दिए।
कोकाहा खोलाको पानी बराहक्षेत्रको ४२ किलोमिटर छिचोलेर धरान २० स्थित हात्तीसारमा झारिँदैछ। कोकाहाको पानी धरान ल्याउन करिब ४ करोड रुपैयाँ, पाइप र अन्य जिन्सी सामान सहयोग जुटेको थियो। प्रत्येक शनिबार ५ हजार भन्दा बढी धरान र धरानबाहिरबाट मानिसहरु श्रमदानमा आउने गरेका थिए। मेयर साम्पाङले यसअघि पनि पकुवा खोला, सर्दु, निशाने खोला र भालु खोलाको पानी पनि श्रमदान अभियानबाटै जोड्न सफल भइसकेका छन्।