विराटनगर, भदौ २०
वृद्धि भएको करको समायोजन गर्न माग गर्दै नेपाली कांग्रेससहित दलहरुले संयुक्तरुपमा चरणबद्ध आन्दोलनको घोषणा गरेपछि धरान उपमहानगरपालिकाले करका विषयमा अध्ययन गर्न ८ सदस्यीय कार्यदल गठन गरेको छ ।
अत्याधिक कर वृद्धि भएको भन्दै चौतर्फी विरोध हुन थालेपछि धरान उपमहानगरपालिकाले वृद्धि भएको करको अध्ययन गर्न विज्ञहरु सहितको कार्यदल गठन गरेको हो ।
सर्वदलीय, सर्वपक्षिय संयुक्त संघर्ष समितीले धरान उमपहानगरपालिकाको कार्यलयमा तालाबन्दी गर्ने घोषणा गर्दै आन्दोलनमा उत्रिएपछि उपमहानगरपालिकाले समितीसँग गरेको छलफलबाट कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।
कार्यदलले हालको व्यवस्था तथा सम्भाव्यता, क्षेत्र, दर, करको दायरा समेतको विस्तृत रुपमा वैज्ञानिक र व्यवहारिक अध्ययन गरी १० दिन भित्र उपमहानगरपालिकालाई प्रतिवेदन बुझाउने समयावधि तोकिएको छ ।
विज्ञसहितको टोलिले दिएको प्रतिवेदनलाई राजस्व परामर्श समितीमा छलफल गरे पछि सुधार गर्नुपर्ने विषय देखिए नगरसभामा पुर्याएर टुङ्गो लगाईने धरान उप–महानगरपालिकाले जनाएको छ ।