विराटनगर : बचतकर्ताको ५ करोड ८० लाख ठगी गरेको आरोपमा पक्राउ परेका प्राइम बचत तथा ऋण सहकारी संस्थाका तीनजना सञ्चालकलाई जिल्ला अदालत मोरङले कारागार चलानको आदेश दिएको छ ।
जिल्ला अदालत मोरङका न्यायाधीश दीपक खनालको इजलासले बुधबार सहकारीका प्रबन्धक तथा सचिव विराटनगरका ३४ बर्षीय इश्वर श्रेष्ठ, सहकारीका प्रमुख विराटनगरका ६८ बर्षीय इन्द्रलाल श्रेष्ठ र उपाध्यक्ष विराटनगर – ३ का ४० बर्षीय विष्णुप्रसाद सुवेदीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।
सहकारीले बचतकर्ताको जम्मा ५ करोड ८० लाख ७९ हजार ६ रुपैँया ठगेको दाबी सहित एकसाता अघि प्रहरीले जिल्ला अदालत मोरङमा ठगी मुद्दा दायर गरेको थियो ।प्रहरीमा पीडितले आकर्षक ब्याजको प्रलोभनम नियमित बचत गर्दै आएका २ सय ६८ जना बचतकर्ताको ३ करोड ९७ लाख ९५ हजार ३ सय ३३ रुपैँया फिर्ता नगरेको दाबीसहित उजुरी गरेका थिए ।
जिल्ला अदालतले सहकारीका १२ जना सञ्चालकमध्ये पक्राउ परेका तीन जनालाई थुनामा राख्ने आदेश दिएको अदालतको श्रेस्तेदार नवराज दुलालले जानकारी दिए ।फरार रहेका ९ विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।