बालोन डी’ओरको पावर र्याकिङ, कसको योगदान कति ?

बालोन डी’ओरको पावर र्याकिङ, कसको योगदान कति ?

१२ असार,एजेन्सी ।
२०२३ को बालोन डी’ओरका लागि दौड सकिएको छ। विश्वका केही उत्कृष्ट फुटबलरहरूले अक्टोबर ३० मा पेरिसमा सन् २०२२ का विजेता करिम बेन्जेमालाई प्रतिस्थापन गर्ने प्रयासमा विगत ११ महिना बिताएका छन्। यो अवार्डको मतदान प्रक्रियामा विश्वकपले ठूलो भूमिका खेल्नेछ। विश्वकप तथा क्लब प्रतियोगिताको प्रदर्शनमा ध्यान दिँदा २०२३ बालोन डी’ओर अवार्डका प्रमुख दाबेदारहरुको पछिल्लो पावर र्याकिङ यस्तो छ ।

१०. जुलियन अल्भारेज (म्यानचेस्टर सिटी) = २०२२–२३ सिजनमाः २३ गोल, ६ असिस्ट, विश्वकप, च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप उपाधि

९. रोबर्ट लेवान्डोस्की (बार्सिलोना)  = २०२२–२३ सिजनमाः ३६ गोल, ११ असिस्ट, ला लिगा र सुपर कोपा डे एस्पाना उपाधि

८. भिक्टर ओसिम्हेन (नापोली) = २०२२–२३ सिजनमाः ३३ गोल, ५ असिस्ट, सेरी ए उपाधि

७. इल्काई गुन्डोगन (बार्सिलोना) = २०२२–२३ सिजनमाः १३ गोल, ७ असिस्ट, च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप उपाधि

६. रोड्री (म्यानचेस्टर सिटी) = २०२२–२३ सिजनमाः ४ गोल, ७ असिस्ट, च्याम्पियन्स लिग, प्रिमियर लिग, नेसन्स लिग र एफए कप उपाधि

५. केभिन डे ब्रुएना (म्यानचेस्टर सिटी)= २०२२–२३ सिजनमाः १० गोल, ३२ असिस्ट, च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप उपाधि

४. भिनीसियस जुनियर (रियल म्याड्रिड)= २०२२–२३ सिजनमाः २५ गोल, २६ असिस्ट, कोपा डेल रे, क्लब विश्वकप र युइएफए सुपर कप उपाधि

३. किलियन एम्बाप्पे (पेरिस सेन्ट जर्मेन) = २०२२–२३ सिजनमाः ५५ गोल, १४ असिस्ट, लिग १ उपाधि

२. एर्लिंग हालान्ड (म्यानचेस्टर सिटी) = २०२२–२३ सिजनमाः ५६ गोल, ९ असिस्ट, च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप उपाधि

१. लियोनल मेसी (इन्टर मियामी) = २०२२–२३ सिजनमाः ३९ गोल, २५ असिस्ट, विश्वकप, ट्रफी डेस च्याम्पियन्स र लिग १ उपाधि

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.