सरकारी वकिलको कार्यालयले पत्र पठाएपछि सुनकाण्डको पेसी स्थगित

सरकारी वकिलको कार्यालयले पत्र पठाएपछि सुनकाण्डको पेसी स्थगित

विराटनगर : मोरङ उर्लाबारीका सनम शाक्य हत्या अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण मुद्दामा उच्च अदालत विराटनगरले तोकेको पेसी स्थगित भएको छ ।

उच्च अदालत विराटनगरले सुन तस्करी प्रकरण मुद्दाको बहसका लागि बुधबारदेखि पेसी तोकेको थियो तर सरकारी वकिलको कार्यालयले समय अभाव भएको भन्दै पत्र पठाएपछि पेसी स्थगित भएको हो ।

उच्च अदालत विराटनगरका रजिष्ट्रार नारायण रेग्मीका अुनसार मंगलबार नै सरकारी वकिलको कार्यालयले पठाएको पत्रका कारण पेसी नचढेको बताए ।सरकारी वकिलको कार्यालयले पत्र पठाएपछि पेसी तीन दिनका लागि स्थगित भएको रेग्मीले जानकारी दिए । आजको उद्घोष दैनिकमा समाचार छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.