१७ असार,काठमाण्डौ ।
नेपालको दोस्रो अन्र्तराष्ट्रि क्रिकेट खेल मैदान मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएको छ । सो क्रिकेट मैदानको नाम अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को शुक्रवार बसेको बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको नयाँ नामकरण गरेको हो ।
क्यानका संस्थापक तथा पूर्व अध्यक्ष जयकुमार नाथ शाहको सम्मानमा मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरेर उनको नाममा नामाकरण गरेको हो । नेपाली क्रिकेटमा उनले दिएको अतुलनीय योगदानको कारण शाहको नामबाट मुलपानी मैदानको नामाकरण गरिने भएको हो ।
राजकीय परिवारमा जन्मिएका शाहले २०२२ सालदेखि ४० वर्ष क्यानको नेतृत्व गरका थिए । क्यानको नेतृत्वमा आउनुअघि उनी राष्ट्रिय खेलाडी समेत थिए । गणतन्त्र स्थापना हुनुअघि चार दशक क्यानको अध्यक्ष रहेका शाहकै नेतृत्वमा नेपालको क्रिकेट विकासको जग हालिएको बताइन्छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को लाइफटाइम सर्भिस अवार्ड पाउने शाह पहिलो नेपाली हुन् ।उनले २००३ मा उक्त अवार्ड प्राप्त गरेका थिए ।४० वर्ष क्यानमा बिताएपछि उनले २०६२ सालमा पदबाट राजीनामा दिएका थिए । उनी एसियन क्रिकेट काउन्सिल एसिसीको उपाध्यक्ष रहेर पनि केहि समय काम गरेका थिए ।
गत वैशाखमा एसीसी प्रिमियर कपमा हङकङ र सिंगापुरसँग खेलबाट माथिल्लो मुलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल भए पछि त्यस मैदानले अन्तर्राष्ट्रियकरण हुने मौका पाएको थियो । लामो समय देखि बन्न सुरु गरेको भए पनि अझै पनि पुरा नभएको सो खेल मैदानलाई पुर्णता दिनका लागि सरकारले पनि यस आर्थिक बर्षमा सहयोग प्रदान गरेको छ ।a