१७ असार,काठमाण्डौ ।
पटक पटक प्राविधिक समस्याको सामना गरिरहेको श्री एयरलाइन्सका कुनै पनि जहाज आज नेपाली आकाशमा नउड्ने भएका छन् । श्री एयरलाइन्सले आजका लागि निर्धारित सबै उडान स्थगन गरेको छ । एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले एक प्रेस नोट जारी गर्दै यसबारे जानकारी गराएका हुन् ।
शनिबार दिउँसो साढे ३ बजे काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौं नै फर्काइएको थियो । सो घटनापछि एयरलाइन्सले आफ्ना सबै विमानको प्राविधिक परीक्षण गर्न आज एक दिनका लागि सबै उडान रोकेको हो ।
‘प्राविधिक समस्या नदोहोरियोस् भनी असार १७ का दिन हुने यस एयरलाइन्सका सम्पूर्ण उडान स्थगन गरी सबै विमानको सम्पूर्ण प्राविधिक परीक्षण गर्ने निर्णय गरिएको छ,’ श्रीले विज्ञप्तिमा भनेको छ । श्रीले सोमबारदेखि पुनः उडान सञ्चालन गरिने जनाउँदै आइतबार टिकट खरिद गरिसकेका यात्रुहरुसँग माफी मागेको छ ।
प्राविधिक समस्याका कारण हिजो मात्रै काठमाडौं धनगढी उडानको श्री एयरलाइन्सको जहाज काठमाडौं फर्किएको थियो । श्री २२५ उडान नम्बरको जहाज शनिबार अपरान्ह ३ः३३ मा काठमाडौं विमानस्थलबाट उडेको थियो । हाइड्रोलिक फेल भए पछि जहाज काठमाडौं फिर्ता भएको थियो । श्रीको जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको थियो ।
त्यसलाई तानेर पार्किङ वेमा लगिएको थियो । श्री काठमाडौंबाट सुगम रुटहरु भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढीमा उडान गर्दै आइरहेको छ । योसँग क्यानेडियन ड्यास क्यू–४०० विमान ४ र सीआरजे ४ गरी ८ वटा विमान छन् । यीमध्ये उडानमा तीनवटा ड्यास क्यू–४०० र एउटा सीआरजे मात्रै छन् । हिजो मात्रै