प्रचण्डलाई प्रधानमन्त्री बनाउने ? प्रीतम सिंह को हुन् ?

प्रचण्डलाई प्रधानमन्त्री बनाउने ? प्रीतम सिंह को हुन् ?

२० असार,काठमाण्डौ ।
काठमाडौंमा सोमबारआयोजित एक पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्दमुस्कानका साथमा मुक्तकण्ठले सरदार प्रीतम सिंहको प्रशंसा गरे । उनले सोमबार गरेको त्यही प्रशंसा अहिले आलोचनाको मुख्य विषय बनेको छ ।

त्यही अभिब्यक्तिपछि प्रतिपक्षका लागि प्रधानमन्त्री अस्वीकार्यसम्म बन्न पुगेका छन् । सामाजिक संजाल उनको अभिब्यक्तिकै विषयले भरिएका छन् भने प्रतिप्रक्ष दललाई त्यही अभिब्यक्ति आलोचनाको मुख्य एजेण्डा बनेको छ ।

उनले सोमबार भनेका थिए ,“उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटि दिल्ली पनि जानुभयो । काठमाडौंका पार्टी र नेतासँग पनि लगातार छलफल गर्नुभयो ।

राजनीति सफा भए मात्रै देश पनि विकास हुन्छ भन्ने ठान्नुहुन्छ उहाँ,” । प्रधानमन्त्रीले यति बताएपछि प्रीतम र प्रधानमन्त्रीको चर्चा नहुने कुरै भएन् । विमोचनस्थल तालीले तत्काल गड्गडाएपनि अहिले त्यही ताली प्रधानमन्त्रीका लागि भारी बनेको छ भने प्रीतम प्रतिको चासो र चर्चा झनै बढेको छ ।

सरदार प्रीतम सिंह भारतको जम्मूका हुन् । उनी आजभन्दा करिब ७ दशक अघि नेपाल आएका थिए । साथीको विहेको लागि युवाअवस्थमा तुल्सीपुर हुँदै काठमाडौं पुगेका उनी २ दिनमै जम्मू फर्किएका थिए ।

जम्मूका पहिलो यातायात व्यवसायीका रूपमा स्थापित उनको परिवार भएका कारण प्रीतम ६ चक्के ट्रक लिएर नेपाल आए । त्यसबेला गंगा नदीमा पुल नभएका कारण उनले स्टीमरमा राखेर ट्रक तारेका थिए ।

उनको नेपालका राजा महेन्द्र सँग पनि राम्रो सम्बन्ध थियो । प्रीतम सिंहले नेपाल पब्लिक मोटर्स सर्भिस कम्पनी खोलेका छन् । उनी मोर्डन इन्डियन इंग्लिस स्कूलका संस्थापक संचालक हुन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.