२३ असार, एजेन्सी ।
रामायणबाट प्रभावित दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले जनताको भावनालाई स्वीकार गर्ने भन्दै अन्ततः माफी मागेका छन् । ‘आदिपुरुष’ सिनेमाले हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरूलाई गलत रूपमा देखाएको भन्दै आलोचना भएपछि सुरुमा माफी माग्न अस्वीकार गरेका उनले सामाजिक सञ्जाल ट्विटरमार्फत क्षमायाचना गरेका हुन् ।
समाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आफू घाइते भएको भन्दै भनेका छन्, “सम्पूर्ण दाजुभाइ दिदीबहिनी, आदरणीय सन्त तथा श्रीरामका भक्तजनहरूमा हात जोडेर बिनाशर्त माफी चाहन्छु । भगवान बजरंगबलीले हामी सबैको कल्याण गरून् ।” उनले फिल्मबाट जनभावनामा चोट पुगेको स्वीकार गर्दै क्षमायाचना गरेका हुन् ।
ओम राउतको फिल्म आदिपुरुष रिलिजयता भारतसहित नेपाल र श्रीलंकामा यसको व्यापक विरोध भयो । फिल्मका संवादलाई लिएर दर्शकहरूले फिल्मको आलोचना गरेका थिए । लेखक मुंतशिरले विवादपछि नेपाल भारतकै हिस्सा थियो भन्ने अभिव्यक्तिले फिल्म थप आलोचित बनेको थियो ।
नेपाली चेली सितालाई भारतीय भनेर प्रचार गराएको भन्दै नेपालमा सो चलचित्र प्रदर्शनमा प्रतिबन्ध लगाइएको थियो भने उनले लेखेका संवाद र भिएफएक्सका कारण रामायणका पात्रहरुलाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै भारतका विभिन्न अदालतमा सो चलचित्रविरुद्ध मुद्दा दर्ता भएको थियो ।
टपोरी भाषामा चलचित्रका संवाद राखिएको भन्दै विवादमा परेपछि केही संवाद सच्च्याए पनि लेखक शुक्लाले आलोचनाको प्रतिवाद गर्दै आएका थिए । जसका कारण सो फिल्म आफनो लगानीसमेत उठाउन नसकेर फ्लप भएको थियो ।