२४ असार, एजेन्सी ।
अमेरिकामा विमान दुर्घटना भएको छ । विमान लस भेगासबाट क्यालिफोर्निया जाँदै थियो। लस एन्जलस र सान डिएगोको बीचमा रहेको क्यालिफोर्नियाको मुरिटा सहरको एयरपोर्ट नजिकै एउटा सानो विमान दुर्घटना भएको छ । रिभरसाइड काउन्टी सेरिफको विभागले आपतकालीन सेवाहरूले फ्रेन्च भ्याली एयरपोर्ट बाहिरको मैदानमा विमान फेला पारेको बताएको छ।
त्यसपछि यो विमान आगोले जलेको थियो। विमानमा सवार सबै ६ जनाको घटनास्थलमै मृत्यु भएको विभागले जनाएको छ । उनीहरुको परिचय भने खुल्न सकेको छैन । दुर्घटनाग्रस्त विमान सेस्ना सी ५५० हो । यो विमान बिहान ४.१५ बजे दुर्घटना भएको जानकारी दिइएको छ । आगलागीबाट करिब एक एकडमा रहेको जङगल जलेर नष्ट भएको अग्निनियन्त्रक अधिकारीहरुले जनाएका छन् ।
आगो एक घण्टाभन्दा बढी समयपछि नियन्त्रणमा आएको थियो । अमेरिकी संघीय उड्डयन प्रशासनले राष्ट्रिय यातायात सुरक्षा बोर्डसँग मिलेर दुर्घटनाको अनुसन्धान गरिरहेको छ। प्राप्त जानकारी अनुसार लस भेगासको ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान ३.१५ बजे विमान उडेको थियो ।
उडड्यन अनुशन्धानकर्ता मध्येका एक इलियट सिम्पसनले पाइलटले अवतरण गर्ने योजना बनाइरहेको बेला दुर्घटना भएको हुन् सक्ने बताएका छन् । तर त्यसभन्दा केही समयअघि जताततै धुवा र धुलोको तह फैलिएको थियो, जसका कारण देख्न कठिन भएको थियो । पाइलटले एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई आफूलाई गाइड गर्नका लागि बताएका थिए ।
यो अवस्था सामान्यतया रनवे नदेखिने र पछि पाइलटले विमान अवतरण गर्ने प्रयास गर्दा हुने गर्दछ । विमान धावनमार्गभन्दा ५ सय मिटर अगाडि दुर्घटना भएको थियो । उनले दुर्घटनाको कारणबारे अमेरिकी संघीय उड्डयन प्रशासनले राष्ट्रिय यातायात सुरक्षा बोर्डले अनुसन्धान गर्ने बताएका छन् ।
केही दिन अगाडि पनि त्यहाँ विमान दुर्घटना भएको थियो । सिंगल इन्जिन भएको सेसना १७२ विमान मंगलबार मुरिएटाको फ्रेन्च भ्याली एयरपोर्टबाट उडेको केही समयपछि दुर्घटनामा परेको थियो । यस दुर्घटनामा पाइलटको मृत्यु भएको छ । तीन बालबालिका गम्भीर घाइते भएका छन्, जसको उपचार भईरहेको छ ।