साउदीले दैनिक १० लाख ब्यारेल तेल उत्पादन घटायो

साउदीले दैनिक १० लाख ब्यारेल तेल उत्पादन घटायो

१९ साउन, एजेन्सी ।
साउदी अरबले तेलको मूल्य वृद्धि गरी बजार सन्तुलन अभियानलाई निरन्तरता दिँदै दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती थप लम्बाएको छ । “साउदी अरबले प्रति दिन १० लाख ब्यारेलको तेल कटौती स्वैच्छिकरूपमा बढाउनेछ ।

अब यो थप अर्को एक महिना सेप्टेम्बरसम्मका लागि निर्णय तत्काल कार्यान्वयनमा आउनेछ,” ऊर्जा मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ । पहिलो पटक जुलाईका लागि लागू भएको यो कटौती अझै लामो वा अझ गहिरो हुन सक्ने ऊर्जा मन्त्रालयले जनाएको छ ।

यस कदमले विश्वको सबैभन्दा ठूलोमध्ये एक कच्चा तेल निर्यातकर्ताद्वारा दैनिक उत्पादनलाई लगभग नब्बे लाख ब्यारेल बजारमा पठाउनेछ । “तेल बजारको स्थिरता र सन्तुलनलाई समर्थन गर्ने उद्देश्यले ‘ओपेक प्लस’ देशहरूले गरेको सावधानीको प्रयासलाई सुदृढ गर्न स्वैच्छिक कटौती गरिएको हो,” ऊर्जा मन्त्रालयले भनेको छ ।

साउदी अरबका ऊर्जामन्त्री राजकुमार अब्दुलअजीज बिन सलमानले २३ राष्ट्रको ओपेक प्लस गठबन्धनको जुनमा भएको बैठकपछि कटौतीको घोषणा गर्दै यो कटौतिपनि सम्भावित ‘विस्तारयोग्य’ भएको उल्लेख गरे का छन् । यसले अप्रिलमा धेरै ओपेक सदस्य राष्ट्रहरूले स्वेच्छिक रूपमा प्रतिदिन १० लाख ब्यारेलभन्दा बढी उत्पादन कटौती गर्ने निर्णय लाई पछ्याएको हो ।

यो आश्चर्यजनक कदमले केही समयको लागि मूल्यहरूलाई समर्थन गरेको भएपनि स्थायी सुधार ल्याउन असफल भएको छ। युक्रेनमा रुसी आक्रमण र चीनको कमजोर आर्थिक पुनःरुत्थानको निरन्तर परिणामलाई प्रतिबिम्बित गर्दै तेल उत्पादकहरू घट्दो मूल्य र उच्च बजार अस्थिरतासँग जुधिरहेका छन् ।

यो साउदीको २०२१ पछिको सबैभन्दा कम उत्पादन स्तर हो । साउदीले कोभिडको महामारीबाट प्रभावित भएपछि तेलको उत्पादन पुन बढाएको थियो । प्रिन्स अब्दुलअजीज बिन सलमानले प्रति दिन १० लाख ब्यारेल कटौती गर्ने घोषणा गरेका थिए ।

प्रिन्स अब्दुलअजीज बिन सलमानले अप्रिलमा भनेका थिए कि साउदी अरेबियाले जुलाईमा प्रति दिन १० लाख ब्यारेलको स्वैच्छिक एकपक्षीय कटौती गरिरहेको छ, जुन एक महिनाको लागि विस्तार गर्न सकिन्छ।

साउदीको यो निर्णयले भने रुसलाई प्रत्यक्ष रुपमा फाइदा मिल्ने भएको छ । रुस पनि कच्चा तेल उत्पादक राष्ट्र हो । युक्रेनयुद्ध पूर्व सारा युरोपको तेलको स्रोत बनेको रुसले अहिले सस्तो मूल्यमा नै भारत लगायतका देशहरुलाई तेल बेचिरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.