आज नेप्सेमा दोहोरो अंकको गिरावट

आज नेप्सेमा दोहोरो अंकको गिरावट

२१ साउन ,काठमाडौँ ।
साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले घटेको छ । कारोबार सुरु भएदेखि नै घट्न थालेको परिसूचक १.८३ प्रतिशतको गिरावटपछि २०५१ अंकमा आएर रोकिएको हो ।आज परिसूचक उच्च अंकले घट्दा १९७ कम्पनीको सेयर मूल्य घटेको छ ।

यस्तै, १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २ कम्पनीको मूल्य स्थिर छ । यसक्रममा आज २ अर्ब ६८ करोड ७१ लाख रुपैयाँ बराबरको ८० लाख कित्ता सेयर किनबेच भएको छ ।परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ ।

गत साताको बिहीबार परिसूचक ३ अंकले बढ्दा १ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । जुन, आजको तुलनामा न्यून हो । यस्तै, आज आईएमई लाइफको सेयर मूल्य ९.९९ प्रतिशत र नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।आज कारोबारमा आएका सबै १३ वटै समूहको सूचक घटेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.