७५ लाखमा नयाँ गाडी किन्दै जिल्ला समन्वय समिति मोरङ

७५ लाखमा नयाँ गाडी किन्दै जिल्ला समन्वय समिति मोरङ

विराटनगर,भदौ २१
जिल्ला समन्वय समिति मोरङले ७५ लाख खर्च गरेर नयाँ गाडी खरिद गर्ने निर्णय गरेको छ । स्थानीय तहले धमाधम सवारी साधन खरिद गरिरहदा आलोचना भैरहेको बेला जिल्ला समन्वय समिति मोरङको दोस्रो जिल्ला सभाको बैैठकले ७५ लाख रुपैयाँमा नयाँ गाडी किन्ने निर्णय गरेको हो । जिससमा हाल दुइवटा गाडी छन् ।

नयाँ गाडी खरिद गरेपछि जिल्ला समन्वय समितिसँग सवारी साधनको संख्या तीनवटा पुग्नेछ । जिससका प्रमुख नरेश पोखरेलले कार्यालयको अनुगमन तथा निरक्षणकालागि आवश्यक सवारी साधन अभाव भएकाले नयाँ गाडी खरिद गर्ने निर्णय गरिएको विहीबार पत्रकार सम्मेलन गरी जानकारी दिए । कार्यालयकामा रहेको एउटा गाडी ३८ बर्ष पुरानो भएकाले नयाँ गाडी खरिद गर्न लागेको पोखरेलले बताए । नयाँ गाडी खरिदकालागि सुरुमा ५५ लाख बिनियोजन गरिएको थियो तर नपुग्ने भन्दै दोस्रो जिल्लासभाबाट २० लाख थप गरिएको हो ।

मोरङका सबै स्थानीय तहलाई जिससको १ करोड
यसैबीच जिल्ला समन्वय समिति मोरङले आफ्नो आम्दानीको १७ करोड जिल्लाका १७ स्थानीय निकायलाई वितरण गर्ने भएको छ । जिल्ला समन्वय समितिको दोश्रो सभा बैठकले पारित गरेको निर्णयका बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा गत आर्थिक वर्षमा ढुङ्गागिबिाट आम्दानी भएको मध्ये उक्त रकम १७ वटा स्थानीय तहलाई १÷१ करोडका दरले निकासा दिने निर्णय भएको समितिका प्रमुख नरेश पोखरेलले जानकारी दिए ।

जिल्ला समन्वय समितिले गत आर्थिक बर्षमा जिल्लाका खोला नालाको ढुंगागिट्टीको ठेक्का वापत कुल २५ करोड ३१ लाख २३ हजार ८ सय १५ रुपैयाँ आम्दानी गरेको थियो । जिल्ला समन्वय समितिको दोश्रो सभाले ढुगागिट्टीको ठेक्का वापत आएको आम्दानीको रकम स्थानीय तहलाई नै वितरण गर्ने निर्णय गरेको छ ।

नेपाल सरकारले अनुदान वापत जिल्ला समन्वय समितिलाई दिदै आएको अनुदान रकममा यस वर्ष ५० प्रतिशतले कटौती गरेको जिल्ला समन्वय समितिले जनाएको छ । नेपाल सरकारले गत आर्थिक बर्ष २ करोड ७४ लाख निकास गरेकोमा चालु आर्थिक बर्षका लागि १ करोड २२ लाख मात्र निकासा गरेको प्रमुख पोखरेलले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.