NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
प्रधानमन्त्री ओली र उपसभामुखसहित १३ पूर्वगृहमन्त्रीविरुद्ध जाहेरी बिहिबार साउन ८ , २०८२
अमेरिकी युद्धपोतलाई खामेनीका सेनाले लखेटे बिहिबार साउन ८ , २०८२
संसद् संचारमन्त्रीले निन्द्रा पुर्याए, प्रधानमन्त्री सुत्न दिनुस् भन्दै हिँडे बिहिबार साउन ८ , २०८२
प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ? बिहिबार साउन ८ , २०८२
अख्तियारमा बयान दिन मन्त्री र कर्मचारीको जुलुस,सरकारलाई  छैन् लाज बिहिबार साउन ८ , २०८२
Next
Prev

समाचार

साइबर र मानव बेचबिखनका घटनामा वृद्धि, १५ देखि १९ वर्षका युवायुवती बढी संलग्न

शुक्रबार भदौ २२ , २०७५
Reading Time: 1 min read
A A
उपत्यकामा साइबर अपराधका घटना बढ्दो,१० महिनामा एक हजार १७६ अपराध
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौँ, भदौ २२
मुलुकमा प्रविधिको विकास भएसँगै साइबर र मानव बेचविखनका घटनाहरुमा वृद्धि हुँदै गएको छ । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले अर्को व्यक्तिलाई साथी बनाएर साइबर अपराध र मानव बेचबिखनको घटनामा संलग्न गराउने क्रम बढ्दो छ ।

सामाजिक सञ्जालमार्फत नयाँ खाता खोलेर अपरिचित व्यक्तिको विस्तृत विवरण लिने, अन्य व्यक्तिको प्रतिष्ठामा आँच ल्याउने तथा महिला तथा बालबालिका बेचबिखन गर्ने घटनासमेत बढेको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार साइबर अपराधमा आर्थिक वर्ष २०७१/७२ मा ३५, आव २०७२/७३ मा ४३, आव २०७३/७४ मा ३२ र आव २०७४⁄७५ मा सयजना व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ ।

यस्तै मानव बेचबिखन सम्बन्धमा आव २०७१/७२ मा १८१, आव २०७२/७३ मा २१२, आव २०७३/७४ मा २२७ र आव २०७४/७५ मा ३०८ व्यक्तिविरुद्ध मुद्दा चलाइएको छ ।

Advertisement

नेपाल प्रहरीले साइबर अपराध सम्बन्धमा हाल महानगरीय अपराध महाशाखाले महानगरीय प्रहरी परिसर काठमाडौँ र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मार्फत मुद्दा चलाउँदै आएको छ भने मानव बेचबिखनको क्षेत्रमा भने देशभरका २०८ प्रहरी इकाइबाट मुद्दा चल्दै आएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापा क्षेत्री साइबर अपराधमा युवा वर्ग बढी संलग्न रहेको बताउँछन् । “विशेषगरी १५ देखि १९ वर्षका युवायुवती साइबर अपराधमा धेरै लागेको पाइन्छ,” उनी भन्छन् ।मानव बेचविखनभित्र यौन शोषण, श्रम शोषण, मानव अङ्ग प्रत्यारोपण, वेश्यावृत्तिलगायतलाई मानव बेचविखनअन्तर्गत राखेकाले मानव बेचबिखनका क्षेत्रमा वृद्धि भएको उनको भनाइ छ । साइबर र मानव बेचबिखनको क्षेत्रमा प्रहरीले सक्रियताका साथ काम गरेको उनको भनाइ छ ।

तराई क्षेत्रमा खुला नाकाका कारण पनि मानव बेचबिखन धेरै हुने गरेको छ । प्रहरीले आव २०७१÷७२ मा एक हजार ३७९, आव २०७२/७३ मा एक हजार ६७३, आव २०७३/७४ मा एक हजार ६३० र आव २०७४⁄७५ मा दुई हजार ७७ महिला तथा बालबालिकालाई तराईका विभिन्न नाकाबाट उद्दार गरेको छ ।

मानिसले अनावश्यक रुपमा नचाहिने कुरा सामाजिक सञ्जालमा ‘पोष्ट’ गरेका कारण साइबर अपराध बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । “सामाजिक सञ्जालमा निःशुल्क ‘डाउनलोड’ गर्नु वा हेर्नु भनेको हुन्छ र अनावश्यक कुरा हेर्दा वा ‘डाउनलोड’ गर्दा साइबर अपराध बढी हुने गर्दछ,”– प्रवक्ता क्षेत्री भन्छन्, “फेसबुकमा साथी बनाउँदा कस्तो प्रकारको साथी हो चिनेकालाई मात्र साथी बनाउनुहोस् अन्यथा फसाउन सक्छन् ।”

महानगरीय अपराध महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेन्द्रप्रसाद उप्रेती महाशाखामा एक वर्षमा एक हजार ५०० भन्दा बढी साइबर अपराधसम्बन्धी निवेदन दर्ता भएको बताउँछन् । “प्रविधिको प्रयोगसँगै साइबर अपराधका घटनामा निवेदन दिनेको सङ्ख्या पनि बढ्दो छ,”–उनी भन्छन् ।

साइबर अपराधको ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ । प्रहरी प्रधान कार्यालयले सकभर एउटै कम्प्युटर प्रयोग गर्नुपर्ने र पेनड्राइभ जुनसुकै कम्प्युटरमा प्रयोग नगर्न सुझाव दिएको छ । साइबर अपराधबाट मानिस घरबारविहीन हुने, पढाइ बिग्रने, आत्महत्या गर्ने गरेको क्रम बढ्दै गएकाले यस्ता अपराधबाट जोगिन महाशाखाले सबैलाई आग्रह गरेको छ ।
रासस

लोकप्रीय

प्रधानमन्त्री ओली र उपसभामुखसहित १३ पूर्वगृहमन्त्रीविरुद्ध जाहेरी

प्रधानमन्त्री ओली र उपसभामुखसहित १३ पूर्वगृहमन्त्रीविरुद्ध जाहेरी

बिहिबार साउन ८ , २०८२
अमेरिकी युद्धपोतलाई खामेनीका सेनाले लखेटे

अमेरिकी युद्धपोतलाई खामेनीका सेनाले लखेटे

बिहिबार साउन ८ , २०८२

संसद् संचारमन्त्रीले निन्द्रा पुर्याए, प्रधानमन्त्री सुत्न दिनुस् भन्दै हिँडे

बिहिबार साउन ८ , २०८२

विचार

थप समाचार

प्रधानमन्त्री ओली र उपसभामुखसहित १३ पूर्वगृहमन्त्रीविरुद्ध जाहेरी
ताजा समाचार

प्रधानमन्त्री ओली र उपसभामुखसहित १३ पूर्वगृहमन्त्रीविरुद्ध जाहेरी

बिहिबार साउन ८ , २०८२
अमेरिकी युद्धपोतलाई खामेनीका सेनाले लखेटे
अन्तर्राष्ट्रिय

अमेरिकी युद्धपोतलाई खामेनीका सेनाले लखेटे

बिहिबार साउन ८ , २०८२
ताजा समाचार

संसद् संचारमन्त्रीले निन्द्रा पुर्याए, प्रधानमन्त्री सुत्न दिनुस् भन्दै हिँडे

बिहिबार साउन ८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

प्रधानमन्त्री ओली र उपसभामुखसहित १३ पूर्वगृहमन्त्रीविरुद्ध जाहेरी

प्रधानमन्त्री ओली र उपसभामुखसहित १३ पूर्वगृहमन्त्रीविरुद्ध जाहेरी

बिहिबार साउन ८ , २०८२
अमेरिकी युद्धपोतलाई खामेनीका सेनाले लखेटे

अमेरिकी युद्धपोतलाई खामेनीका सेनाले लखेटे

बिहिबार साउन ८ , २०८२

संसद् संचारमन्त्रीले निन्द्रा पुर्याए, प्रधानमन्त्री सुत्न दिनुस् भन्दै हिँडे

बिहिबार साउन ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.