नेपाललाई चामल दिँदै नदिने दाउमा भारत

नेपाललाई चामल दिँदै नदिने दाउमा भारत

१४ भदौ, काठमाण्डौ ।
रोटीबेटीको सदियौ देखिको सम्बन्ध रहेको मानिने नेपालको दक्षिणी छिमेकी भारतले नेपाललाई चामल निर्यातमा लगाएको प्रतिबन्ध कायमै राखेको छ । चामल निर्यातको प्रतिबन्ध लगाएपछि नेपालले सरकारी स्तरबाट समेत निर्यात खुलाउनका लागि आग्रह गरिसकेको अवस्थामा भारतले तीन देशका लागि निर्यात खुलाएपनि त्यसमा नेपाल भने परेको छैन् ।

भारतले लगाएको चामल निर्यातको प्रतिबन्ध ३ देशको लागि फुकुवा भएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले ३ देशको लागि प्रतिबन्ध फुकुवा गरिएको बताएको छ । जसमा भुटान, सिंगापुर र मोरिसस रहेका छन् । भारतले यी देशका लागि १.४३ लाख टन चामल निर्यात गर्नेछ । भारतबाट सरकारी कम्पनी नेशनल कोअपरेटिभ एक्स्पोर्ट्स लिमिटेडमार्फत यी ३ देशमा चामल पठाउन सक्नेछ ।

भारतले सरकारी तबरबाट मात्र भुटान, सिंगापुर र मोरिससलाई चामल निर्यात गर्न सक्ने व्यवस्था गरेको हो । विदेश व्यापार महानिर्देशनालयले भुटानका लागि ७९ हजार टन, मौरिससका लागि १४ हजार टन र सिंगापुरका लागि ५० हजार टन गैरबासमति चामल निर्यातको लागि अनुमति दिएको हो । भारतले गत २० जुलाइमा निर्यात रोकेको थियो ।

तर ति देशबाट चामलको व्यवस्था गर्न माग आएपछि सरकारले उनीहरुका लागि सिमित मात्र चामल निर्यात गर्न दिएको हो । यता नेपालले पनि भारतलाई चामल निर्यातको व्यवस्था गरिदिन आग्रह गरेर पत्र नै पठाएको थियो । तर भारतले अहिलेसम्म यसको कुनै जवाफ नदिएको बुझिएको छ । उच्च मूल्य वृद्धि रोक्नको लागि भारतले चामल निर्यातमा रोक लगाएको हो ।

भारतले चामलको निर्यातमा प्रतिबन्ध लगाएसंगै नेपालमा चामलको भाउ ह्वात्तै बढेको छ । यहाँका उद्योगी व्यापारीहरुले समेत भारतसँग चामल निर्यात खुलाउन नभए धान खरिद गर्न सरकारलाई सुझाव दिईसकेका छन् । भारतले पछिल्लो समय उसिना चामलमा पनि २० प्रतिशत निर्यात कर बढाएको छ। प्रत्यक्ष असर नेपालमा पनि पर्नेछ । भारतले १ सय ५० मुलुकमा चामल निर्यात गर्ने गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.